भारतमा कोरोना संक्रमण बढेपछि नाकामा कडाई, जमुनाहमा हेल्थ डेस्क राख्ने तयारी

बाँके, १० चैत ।
भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेपछि विभिन्न सहरमा लकडाउन र हिड्डुलमा कडाई गरिएको छ । संक्रमितको संख्या ह्वात्तै बढेपछि भारतले नेपालबाट भारत जानेलाई पनि कडाई गरेको छ । भारतमा हुने गतिविधि र सरुवा रोगको सिधा प्रभाव नेपालमा पनि पर्ने भएकोले नेपालगन्ज नाकामा पनि कडाई थालिएको छ ।
भारतबाट आएका नेपालीमा कोरोना संक्रमण देखिए पछि सरकारले नाकामा कडाई गर्न भनेको छ । त्यहि निर्देशनलाई मध्यनजर गरि नेपालगन्ज उपमहानगरले पनि भारतबाट आउने नेपालीका लागि नेपाल–भारत सीमा नाका जमुनाहमा पुनः हेल्थ डेस्क स्थापना गरेको छ ।
जमुनाह नाकामा सुविधा सम्पन्न हेल्थडेस्क स्थापना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनले भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता बढाउँदै नाकामा ल्याव सुविधा भएको हेल्थ डेस्क संचालन गरिएको बताए ।
हेल्थ डेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेकिडल अधिकृत सहित ६ जना कर्मचारीको दरबन्दी कायम गरेको उनले बताए । ती मध्ये दुई जना ल्याव टेक्निसियन, दुई जना नर्सिङ स्टाफ र पारामेडिक्स दुई जना नाकामा खटिइएको उनले बताए ।
यसअघि उपमहानगर आफैले हेल्थ डेस्क संचालन गरेको थियो । यसपाली इपिडिमियोलोजी महाशाखाको सहयोगमा हेल्थ डेस्क संचालन गरिएको उनको भनाई छ ।
सुविधा सम्पन्न हेल्थ डेस्क निर्माण गर्ने भनिए पनि सुवाती चरणमा टेन्टमा संचालन गरिने भएको छ । ‘स्थायी संरचना निर्माण नहुँदासम्म स्वास्थ्यका लागि सक्षम प्रणाली नेपालले त्रिपाल, ट्याब लगायतको सहयोग गरेको छ,’ उनले भने ।

Previous articleसुरक्षाकर्मीलाई १८ लाख ५० हजार रुपैँयाको खोज तथा उद्दार सामग्री प्रदान
Next articleरिहानाको शरिरमा आगो लगाउने हनिफ सात वर्षपछि पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here