माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण

बाँके, ९ चैत ।


नेकपा एमालेले माधव नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोधेको छ । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।
पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पु¥याएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए । ति नेताहरुको स्वकीय सचिव मार्फत् स्पष्टीकरण पत्र बुझाइएको समेत उनले बताए ।
पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको महासचिव पोखरेल निकट स्रोतले जनाएको छ । शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए।

Previous articleनेपालमा फेरि कोरोना त्रास : सभा, जुलुस र गोष्ठी नगर्न अनुरोध
Next articleसुरक्षाकर्मीलाई १८ लाख ५० हजार रुपैँयाको खोज तथा उद्दार सामग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here