जनप्रिय आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक र स्टेशनरी प्रदान

बाँके, ६ चैत ।


बढैयाताल गाउँपालिका–२, बर्दियास्थित श्री जनप्रिय आधारभूत विद्यालय, शिवशक्तिपुरका ५० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सामग्री प्रदान गरिएको छ । समाजसेवी कुलबहादुर विक र बढैयाताल गाउँपालिका कार्यपालिका सदस्य चन्द्रकला विकको पहलमा विद्यालयका छात्रछात्रालाई पोशाक तथा स्टेशनरी सामग्री प्रदान गरिएको गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए ।
पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले पोशाक र स्टेशनरी सामग्री अभावमा कोहि पनि गरिव बालबालिका शिक्षाबाट बञ्चित हुन नहुने बताए । उनले पोशाक र स्टेशनरी सामग्रीले गरिवीको रेखामुनी रहेका बालबालिकालाई शिक्षा आर्जन गर्न मद्दत मिल्ने धारणा राखे ।
गाउँपालिका उपप्रमुख दीपा गौतमले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि गाउँपालिकाले विभिन्न थरिका योजना अघि सारेको बताउँदै पोशाक र स्टेशनरी सामग्रीले शिक्षा आर्जनमा थप बल पुग्ने धारणा राखिन् ।


गाउँकार्यपालिका सदस्य चन्द्रकला विकले शिक्षा बिना विकास असम्भव भएको महशुस गरि गरिव तथा जेहेन्दार विद्यार्थीका लागि पोशाक र स्टेशनरी सामग्रीको ब्यवस्था मिलाएको बताइन् । उनले आगामी दिनमा अन्य विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीका लागि पनि कार्यक्रम ल्याउने प्रतिवद्धता जनाइन् ।
समाजसेवी कुलबहादुर विकले सामाजिक दायित्व अन्तरगत नेपालगन्जका ब्यापारी नरेश अग्रवालले विद्यार्थीका पोशाक र स्टेशनरी सामग्री प्रदान गरेको जानकारी दिए ।
कार्यपालिका सदस्य विकले यसअघि पनि बढैयातालका विभिन्न विद्यालयमा धारा, गरिव विद्यार्थीलाई पोशाक, स्टेशनरी सामग्री लगायतका सामग्री प्रदान गरिसकेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here