भेरी अस्पतालले ल्यायो शब बाहन

बाँके, ३ चैत ।


भेरी अस्पतालले शव बाहन संचालनमा ल्याएको छ । भेरी अस्पतालमा मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापनमा समस्या आएपछि शब बाहन संचालनमा ल्याएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।
शब बाहनलाई ब्यबस्थित रुपमा संचालन गर्न भेरी अस्पताल बिकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरिएको उनले बताए ।
उप–समितिमा अस्पतालका नायव सुब्बा विमला आचार्य र अहेव होमनाथ सुवेदीलाई सदस्यमा राखिएको छ । उक्त समितिले शब बाहनको रेखदेख, मर्मत सम्भार, भाडा शुल्क निर्धारण गर्ने भएको छ । शब बाहनलाई दीर्घकालिन रुपमा संचालन गर्न नीति तथा निर्देशिका बनाइने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।
उनले एम्बुलेन्स पनि छिट्टै संचालनमा ल्याउने बताए । ‘एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडी बढिसकेको छ,’ उनले भने ।

Previous articleबर्दियामा बाघ आतंकः आठ महिनामा आठको मृत्यु, सर्वसाधारण त्रसित
Next articleएन्फा प्रेसिडेन्ट लिग:बाँकेको धम्बोझी र धादिङ समाज विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here