एन्फा प्रेसिडेन्ट लिग:बाँकेको धम्बोझी र धादिङ समाज विजयी

बाँके, ३ चैत


नेपालगन्जमा जारी एन्फा प्रसिडेन्ट लिग–२०७७ अन्तरगत मंगलवार भएको खेलमा लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब (बाँके) र प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज (धादिङ) ले विजयी सुरुआत गरेका छन् ।
धम्बोझीले गण्डकी प्रदेशको लिग च्याम्पियन त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरि विजयी सुरुवात गरेको हो । खेलमा धम्बोझीको लागि पूर्णबहादुर गुरुङले खेलका ४२ औं मिनेटमा गोल गरे ।
खेलमा उनी म्यान अफ द म्याच घोषित भए । उनलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम नेपाल ओलम्पिक कमिटी सदस्य दीर्घबहादुर केसी (कुमार) ले ५ हजार नगदसहित सम्मान गरे ।
यसैगरि, मंगलवार नै भएको अर्को खेलमा धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब (जुम्ला) लाई ९–१ ले पराजित गरि विजयी सुरुवात गरेको छ ।
एन्फा प्रेसिडेन्ट लिगको दोस्रो खेलमा धादिङको तर्फको कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए । अमिरले खेलको १७, ३६, ६० र ६२ औँ मिनेटमा गोल गरे ।
यसैगरि, धादिङको तर्फबाट अन्य गोल शिशिर लेखीले ६४, ७९ र ८२ औँ मिनेटमा गोल गरि आफ्नो टीमलाई अग्रता दिलाए । धादिङकै उमेश राईले ८९ औँ र बिपिन कँडेलले २४ औँ मिनेटमा गोल गरे । लेकालीको तर्फबाट कप्तान संगम शाहीले ५५ औँ मिनेटमा १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच अमिरलाई भए । उनलाई जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले पुरस्कृत गरे ।
यसैगरी प्रतियोगिता अन्तर्गत बुधबार एउटामात्र खेल हुनेछ । जसमा १ नम्बर प्रदेशको सैनिक फुटबल क्लब झापा र सुदूरपश्चिमको स्टार सिटी युवा क्लब (कैलाली) बीच हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here