एन्फा प्रेसिडेन्ट लिगको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश विजयी

बाँके, २ चैत ।


नेपालगन्जमा सुरु भएको एन्फा प्रेसिडेन्ट लिगको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । सोमवारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको पहिलो खेलमा प्रदेश २ को च्याम्पियन मनकामना यूवा क्लव रौतहटलाई ३–० गोल अन्तरले सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी यूवा क्लव कैलाली विजयी भएको हो ।
सुदूरपश्चिम प्रदेशका रुपबहादुर लामाले खेलको तीन मिनेटमा गोल गरे । खेलको सुरुवातदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको सुदूरपश्चिम प्रदेशका दीपकराज सिंह ठकुरीले पहिलो हाफको ४६ औँ मिनेटमा अर्को गोल गरे । प्रदेश १ लाई लगातार दवावमा राखेको सुदूरपश्चिमकै रुपबहादुर लामाले अर्को गोल गरे । लामाले दोस्रो हाफको ८१ औँ मिनेटमा तेस्रो गोल गरेर आफ्नो टिमलाई ३–० ले अग्रता दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here