कन्यालाई साक्षर बनाउन डुडुवाद्वारा छोरीको मुद्धती खातामा १० हजार रुपैँया जम्मा

बाँके, २८ फागुन ।


कन्या मुद्घती शिक्षा कार्यक्रम अन्तरत डुडुवा गाउँपालिकाले एक जना छोरीको नाममा १० हजार रुपैँया मुद्घती खातामा जम्मा गरिदिएको छ । उक्त मुद्धती खातामा अभिभावकले आफ्नो इच्छाले थप रुपैँया राख्ने ब्यबस्था मिलाइएको गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले बताए ।
शुक्रवार आयोजित आठौँ गाउँसभालाई सम्बोधन गर्दै उनले गाउँपालिका सँग जेष्ठ नागरिक कार्यक्रम अन्तरगत पालिका भित्र रहेका सम्पूर्ण जेष्ठ नागरिकको स्वास्थ्य बीमा गर्ने कार्य सम्पन्न भईसकेको जानकारी दिए । उनले घर–घरमा पशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
आधारभुत स्वास्थ्य सेवाका लागि डुडुवा गाउँपालिका–१ को कुडुवा र वडा नं. ५ को डलैपुरमा स्वास्थ्य सेवा केन्द्र स्थापना तथा वडा नं. ६ स्वास्थ्य चौकीमा ल्याव स्थापना गरि सेवा सुचारु गरिएको प्रमुख चौधरीले बताए ।

वडा नं. २ मा निर्माणाधिन बीउ प्रशोधन केन्द्र निर्माण गरि प्रोसेसिड. प्लान्ट जडान गरिएको बताउँदै उनले वडा नं. ६ हिरमिनियामा कोल्ड स्टोर निर्माण गर्न ठेक्का आव्हान गर्ने चरणमा रहेको जानकारी दिए ।
गाउँपालिकाले गरेको प्रगति विवरण सुनाउँदै उनले डुडुवा गाउँपालिका–५ राप्ती नदीमा पर्यटन मन्त्रालय र गाउँपालिकाको पाँच करोड लागतमा शिबको प्रतिमा र उद्यान निमाणको डिपिआर तथा जग्गा ब्यबस्थापन गरि यसै चालू आबमा ठेक्का प्रक्रियामा लैजाने उनको भनाई छ ।
गाउँसभाले ऐन निति, बजेट संशोधन र प्रगति प्रतिबेदनलाई पारित गरेको छ । सभाले डुडुवा गाउँपालिकाको कृषि व्यवसाय प्रबद्र्धन सम्वन्धमा गर्न बनेको विधेयक २०७७ र डुडुवा गाउँपालिकाको कृषि नीति २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । विधेयक समितिका संयोजक लिलावति यादवले प्रस्तुत गर्नुभएको ऐन र नितिलाई पारित गरिएको हो ।
सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको बजेटको संशोधन प्रस्ताव र चालू आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि फागुन २० गतेसम्मको विभिन्न विषयगत शाखाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । बजेट संशोधन र प्रगतिलाई सर्बसम्मत रुपमा पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष, कार्यपालिका सदस्य र सभासदहरुको सहभागिता रहेको थियो ।

Previous articleतथ्यांकलाई ‘डिजिटलाइजेशन’ गर्दै नरैनापुर, मोवाइल एप सार्वजनिक
Next articleपहिलो एन्फा प्रेसिडेन्ट लिग फुटवल आज दिउँसोबाट नेपालगन्जमा हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here