तथ्यांकलाई ‘डिजिटलाइजेशन’ गर्दै नरैनापुर, मोवाइल एप सार्वजनिक

बाँके, २७ फागुन ।


नरैनापुर गाउँपालिकाले साक्षरता घोषणाका लागि संकलन गरिने तथ्यांकलाई डिजिटलाइजेशन गर्ने भएको छ । मोवाइल एप मार्फत तथ्यांक संकलन गर्ने ब्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।
उनले संकलनकर्ताले संकलन गरेको तथ्यांक एक ठाउँमा भण्डारण हुने ब्यवस्था मिलाइएको बताए । ‘फरक–फरक संकलनकर्ताले मोवाइल एप मार्फत भरेको फाराम एक ठाउँमा भण्डारण हुन्छ । कुन संकलतकर्ताले कुन ठाउँमा बसेर संकलन गरेको हो त्यो पनि हेर्न सकिन्छ,’ शाहीले भने, ‘मोवाइल एपले ठाउँको जानकारी समेत दिने भएकोले तथ्यांक संकलनमा खटिने कर्मचारीलाई सम्बन्धित ठाउँमा पुग्नै पर्ने दवाव दिने छ ।’
मोबाइल एप बुधवार सार्वजनिक गरिएको छ । गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले उक्त मोबाइल एप सार्वजनिक गरेका हुन् । मोबाइल एप सार्वजनिक गर्दै उनले मोवाइल एपले तथ्यांक संकलनलाई सहज बनाउने मात्र नभई सहि तथ्यांक संकलन गर्न समेत मद्दत गर्ने धारणा राखे । उनले सम्बन्धित ठाउँमा पुगेर तथ्यांक संकलन गर्न निर्देशन दिए ।
यसैवीच, तथ्यांक संकलनमा खटिने कर्मचारी र संकलनकर्तालाई एक दिने अभिमूखिकरण गरिएको छ । अभिमूखिकरणमा ३० जनाको सहभागिता रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले जानकारी दिए । अभिमूखिकरणसँगै संकलनकर्ताहरु गाउँमा खटिएको उनले बताए ।
नरैनापुर गाउँपालिकाले आगामी बैशाखभित्र पालिकालाई साक्षर घोषणा गर्ने कार्यक्रम तय भएको लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।

Previous articleमेयर कप रनिङ शिल्डमा सहभागी विद्यार्थीको पाँचलाख वीमा
Next articleकन्यालाई साक्षर बनाउन डुडुवाद्वारा छोरीको मुद्धती खातामा १० हजार रुपैँया जम्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here