सुईयाका आगलागी पीडितलाई एमालेको सहयोग

बाँके, २६ फागुन ।


नेकपा एमाले, बाँकेले नरैनापुर गाउँपालिका–१, सुईयाका २५ परिवार आगलागी पीडितलाई राहत वितरण गरेको छ । आगलागीमा परि घरबारविहिन भई अलपत्र परेका पीडितलाई राहत वितरण गरिएको एमाले क्षेत्र नं. १ ख का इन्चार्ज सोहनलाल यादवले जानकारी दिए ।
उनले प्रति परिवार २५ किलो चामल, एक–एक किलो नुन, तेल र दाल वितरण गरिएको बताए । घरमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएपछि सुइयाका २५ परिवारलाई खान, बस्न र सुत्न समस्या भएको छ । अपठेरोमा परेकालाई पार्टीले सहयोग गर्नुपर्छ भन्ने निर्णय भयो । पार्टीको निर्णय अनुसार राहत वितरण गर्यौँ,’ उनले भने ।
राहत वितरण कार्यक्रममा संविधान सभा सदस्य देवराज भार, एमाले नेता पुजन विश्वकर्मा, सूर्य ढकाल लगायतका नेता सुइया पुगेका थिए । आगामी दिनमा पनि थप सहयोग गरिने यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here