मेयर कप रनिङ शिल्डमा सहभागी विद्यार्थीको पाँचलाख वीमा

बाँके, २६ फागुन ।


२८ फागुन देखि १ चैतसम्म खजुरा गाउँपालिका–४, बद्रीपुरस्थित जनकल्याण माविमा हुने तेस्रो अन्तर मावि मेयर कप रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीको वीमा गरिएको छ । प्रतियोगिताका क्रममा विद्यार्थीलाई चोटपटक लाग्न सक्ने सम्भावनालाई मध्यनजर गरि खजुरा गाउँपालिकाले प्रतियोगितामा सहभागी विद्यार्थीको पाँच लाखको वीमा गरेको खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
उनले खेलाडीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरि गाउँपालिकाले दुर्घटना वीमा गरेको बताए । रनिङ शिल्डलाई प्रभावकारी बनाउन ३०१ सदस्यीय मुल समिति गठन गरि विभिन्न १५ वटा उप–समितिले काम गरिरहेको जानकारी दिए ।
खेलकुदको क्षेत्रबाट पनि खजुरालाई विकास गर्न खोजिएको भन्दै प्रमुख कक्षपतिले प्रतियोगितामा खजुराका सवै विद्यालयलाई सहभागी गराउन प्रयास भइरहेको स्पष्ट पारे । तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा माध्यमिक तह कक्षा ९–१२ को प्रतियोगितामा १६ वटा खेल संचालन हुने सचिवालय संयोजक यमनारायण महतोले जानकारी दिए ।
त्यस्तै आधारभुत तह कक्षा ६–८ सम्मको विद्यार्थीका लागि १० वटा खेल हुने भएको छ । भने, आधारभुत तह १ देखि ५ सम्मको प्रतियोगिता अन्तर्गत जम्मा ५ खेल हुने महतोले बताए ।

यो प्रतियोगितामा माध्यमिक तह (कक्षा ९­ १२) र आधारभूत तह (कक्षा ६­८) गरी दुई ओटा रनिङ शिल्डका लागि प्रतिष्पर्धा हुनेछ । भने, आधारभूत तह (कक्षा १­५) का लागि सहायक खेलहरु खेलाइने छ । मावि तर्फ एथलेटिक्स, भलिवल, कपड्डी र मार्शल आर्ट (जुडो) खेलका १६ इभेन्ट्स, आधारभूत तह कक्षा ६­८ तर्फ एथलेटिक्सका १० इभेन्ट्स र आधारभूत तह कक्षा १­५ तर्फ, ४ह५० मि.रिले, १०० मि.दौड, चम्चा दौड ३० मि. र कुर्सी दौड खेलका ५ इभेन्ट्स गरी जम्मा ३१ ओटा खेलहरु राखिएका छन् ।
गत संस्करण्मा जम्मा ६४ इभेन्ट्स समेटिएका थिए तर यस वर्ष कोभिड १९ को विषम परिस्थितिका कारण ३ दिनमा जम्मा ३१ खेल मात्र खेलाइने प्रमुख कक्षपतिले जानकारी दिए ।
प्रतियोगितामा मा.वि. (कक्षा ९­१२), आधारभूत तह (कक्षा ६­८) र आधारभूत तह (कक्षा १­५) मा अध्ययनरत क्रमशः १८ वर्ष, १४ वर्ष र १२ वर्ष मुनिका सामुदायिक, संस्थागत र मदरसा गरि ६५ विद्यालयका करिव १ हजार विद्यार्थीको सहभागिता रहने आयोजकले दावी गरेको छ ।
प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय स्थान हासिल गर्ने विद्यालयले मा.वि. (कक्षा ९­१२) तर्फ क्रमशः रु. २५ हजार, रु. १५ हजार र १० हजार तथा आधारभूत तह (कक्षा ६­८) रु. १५ हजार, रु. १० हजार र रु ७ हजार पुरस्कार प्रदान गरिने कक्षपतिले जानकारी दिए । यसैगरी आधारभूत (१–५) मा प्रथम, द्वित्तीय र तृतीयलाई क्रमशः रु.१० हजार, ७ हजार र रु. ५ हजार पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here