एपिएफ क्लवलाई प्रधानमन्त्री कप महिला भलिबलको उपाधी

बाँके, २५ फागुन ।


सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी एपिएफ क्लवले हात पारेको छ । नेपाल पुलिस क्लवलाई सोझो सेटमा हराउँदै एपिएफ क्लवले उपाधी जितेको हो ।
उसले २५–२२, २५–२१ र २५–१९ को सेटमा पराजित गरि उपाधी जितेको आयोजक बाँके जिल्ला भलिवल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । एपिएफले ट्रफीसँगै पाँच लाख रुपैँया हात पारेको छ ।
उपविजेता बनेको नेपाल पुलिस क्लवले दुई लाख र तेस्रो स्थानमा चित्त बुझाएको होङ्जी न्यू डायमण्ड क्लवले एक लाख नगद जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी चौथोमा समेटिएको आयोजकले जनाएको छ ।
मंगलवार सम्पन्न खेलमा एपिएफकी सरस्वती चौधरी बेष्ट प्लेर र प्लेर अफ दी म्याच घोषित भइन् । उनले २५ हजार र पाँच हजार गरि ३० हजार रुपैँया प्राप्त गरिन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लवकी उषा भण्डारी बेष्ट स्पाइकर भइन् भने एपिएफकी हिरा केसी बेष्ट ब्लकर, नेपाल पुलिस क्लवकी कमला पुन बेष्ट सेटर, डायमण्डकी शलिना श्रेष्ट बेष्ट लिब्रो, डायमण्डकै प्रतिभा माली बेष्ट सर्वर र एफिएफका महेश चौधरी बेष्ट कोचको उपाधी जिते ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य सुमित्रा चौधरी लगायतले शिल्ड, ट्रफी र प्रमाणपत्र वितरण गरे ।

Previous articleएम्बुलेन्स संचालन तयारी गरेको भेरी अस्पतालले एक हप्ताभित्र शब बाहन संचालन गर्दै
Next articleसुईयाका आगलागी पीडितलाई एमालेको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here