सातौं प्रधानमन्त्री कप: उपाधीका लागि एपिएफ र पुलिस भिड्ने

बाँके, २५ फागुन ।


सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब वीच आज मंगलवार फाइनल खेल हुने भएको छ । दुवै टिमले समान तीन–तीन जित निकालेपछि एपिएफ र नेपाल पुलिस वीच फाइनल खेल हुने भएको हो ।
नेपालगन्ज रंगशालामा जारी प्रतियोगिता अन्तरगत सोमवार भएको खेलमा एपिएफले होंगान्जी न्यु डायमण्ड क्लबलाई ३–१ सेटले पराजित गरेको थियो । पहिलो सेट न्यू डायमण्डले २५–२३ ले जिते पनि त्यसपछि लगातार एपिएफले जीत निकाल्यो । एपिएफले न्यू डायमण्डलाई २५–१३, २५–१७ र २५–२२ ले पराजित ग¥यो ।
खेलमा प्लेयर अफ द म्याच एपिएफकी बिनिता बुढाथोकी भइन् । उनलाई सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला सचिव चुडामणी पौडेल, कैलपाल हस्पिटल एण्ड कलेजकी निर्देशक रेबती सिंह र एबीसी स्कूलकी प्रिन्सिपल शशी स्वाँरले पुरस्कृत गरे ।
बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा
पुलिसले त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गरेर लगातार तेस्रो जीत निकाल्न सफल भयो । पहिलो सेट गुमाएर पनि पुलिसले कम्ब्याक गरेको थियो । पहिलो सेट आर्मीले २५–१५ मा जितेको थियो । दोस्रो सेट पुलिसले २५–१८ ले जित्यो ।
तेस्रो सेटमा अन्तिममा ५ अंकको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्मी पराजित हुन पुग्यो । चौथो सेटमा पुलिस २५–२३ ले विजयी भयो ।
उक्त खेलमा प्लयेर अफ द म्याच पुलिसकी मनिषा चौधरी भइन् । उनलाई नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापा, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड र युवा उद्दमी शिवांगिनी राणाले पुरस्कृत गरे ।

Previous articleखाना पकाएको आगो ननिभाउँदा नरैनापुरमा ठूलो क्षति, २२ घरगोठ जलेर नष्ट
Next articleबुधवार उद्घाटन हुने पौडी पोखरी कस्तो छ ? (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here