बाँके, २५ फागुन ।
२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी १३–२४ जेठसम्म संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३–२४ सम्म परीक्षा संचालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।
गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।