बुधवार उद्घाटन हुने पौडी पोखरी कस्तो छ ? (भिडियो सहित)

बाँके, २५ फागुन ।


नेपालगन्ज रंगशाला परिसरमा निर्माण भएको पौडी पोखरी (स्विमिङ पुल) को बुधवार उद्घाटन हुने भएको छ । पोखरीको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले गर्ने भएका छन् ।
सर्वसाधारणका लागि खुल्ला गर्नका लागि औपचारिक रुपमा उद्घाटन गरिन लागेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले जानकारी दिए । नेपालगन्जको सवैभन्दा ठूलो पौडी पोखरी अन्तर्राष्ट्रिय मापदण्डमा अनुसारको छ ।
एद्घाटन अघि उक्त पौडी पोखरीको परीक्षण गरिएको छ । परीक्षण कालमै सशस्त्र प्रहरी तालिम केन्द्र नौवस्तामा तालिम लिइरहेका सशस्त्र प्रहरी हवल्दार र प्रहरी जवानले स्विमिङ सम्बन्धि तालिम लिएको चन्दले बताए ।


सशस्त्र प्रहरीका ३३ जनाले एक दिने तालिम लिएको बताउँदै उनले टाइमिङ र दूरी सम्बन्धि तालिम लिएको बताए । शारिरिक (पिटी) तालिम लिइरहेका सशस्त्र प्रहरीले दिनभर तालिम लिएर फर्किएको उनको भनाई छ ।
उनले तालिमका लागि विद्यालयले समेत पौडी पोखरी बुक गराइसकेको बताए । ‘धेरै विद्यालयले आफ्ना विद्यार्थीलाई तालिम दिन पौडी पोखरी बुक गराएर गएका छन्,’ उनले भने ।
दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम तय भएको बताउँदै उनले उद्घाटन कार्यक्रममा उपस्थितिका लागि पत्रकार, खेलप्रेमी, समाजसेवी, नागरिक समाजका अगुवा, राजनीतिक दलका नेता, खेलाडी, खेलसँग सम्बन्धित विभिन्न संघ, संगठन, जिल्ला तथा मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कर्मचारी, समितिका पूर्व पदाधिकारी लगायत सवैमा आग्रह गरेका छन् । उपस्थितिका लागि पत्र र फोनमार्फत आमन्त्रण गरिएको छ । आमन्त्रण नपुगेको भए यसैलाई आधार मानेर उपस्थितिका लागि आग्रह गर्दछौँ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here