एम्बुलेन्स संचालन तयारी गरेको भेरी अस्पतालले एक हप्ताभित्र शब बाहन संचालन गर्दै

बाँके, २५ फागुन ।


भेरी अस्पतालले एम्बुलेन्स सेवा संचालनमा ल्याउने भएको छ । महेन्द्रा एण्ड महेन्द्रा र महेन्द्रा कम्पनीको आधिकारिक विक्रेता भुसाल इन्टरनेशनलले एम्बुलेन्स दिने भएपछि भेरी अस्पतालले एम्बुलेन्स सेवा पनि संचालनमा ल्याउने भएको हो ।
सामाजिक सेवा अन्तरगत एम्बुलेन्स खरिदका लागि भुसाल इन्टरनेशनलका सञ्चालक पार्थ भुसालले भेरी अस्पताललाई ९ लाख ५६ हजार ६२४ रुपैँयाको चेक हस्तान्तरण गरेका छन् । उनले सामाजिक दायित्व अन्तरगत एम्बुलेन्स खरिदका लागि अस्पताललाई आर्थिक सहयोग गरेको बताए । हाम्रो कम्पनीले पनि सामाजिक दायित्व बहन गर्नुपर्ने हुन्छ । अन्य दिनु भन्दा स्वास्थ्य क्षेत्रमा लगानी लगाउन उपुक्त लाग्यो,’ उनले भने ।
चेक ग्रहण गर्दै भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले एम्बुलेन्स खरिदका लागि निजी क्षेत्रले सहयोग गरेर पवित्र काम गरेको बताए । उनले समिति बनाएर एम्बुलेन्स संचालन गरिने बताए ।
यसैवीच, भेरी अस्पतालले एक हप्ता भित्र शब बाहन संचालनमा ल्याउने भएको छ । शब बाहन खरिद भइसकेकोले दुई–चार दिनमा शब बाहन संचालन गरिने अस्पताल विकास समितिका सदस्य धनिराम ओलीले जानकारी दिए । भेरी अस्पतालमा शब बाहन नहुँदा बाहिरबाट मगाउनु पर्ने बाध्यता छ । प्रदेश सरकारको सहयोगमा शब बाहन खरिद भइसकेको छ । अवको केहि दिनभित्र संचालनमा ल्याउँछौँ,’ उनले भने ।
चेक हस्तान्तरण कार्यक्रममा महेन्द्रा एण्ड महेन्द्राका राष्ट्रिय निर्देशक आशिक जोशीले सामाजिक दायित्व अन्तरगत भेरी अस्पताललाई आवश्यक सहयोग गरिने बताए ।

Previous article२०७७ को एसईई परीक्षा १३–२४ गतेसम्म
Next articleएपिएफ क्लवलाई प्रधानमन्त्री कप महिला भलिबलको उपाधी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here