खाना पकाएको आगो ननिभाउँदा नरैनापुरमा ठूलो क्षति, २२ घरगोठ जलेर नष्ट

बाँके, २४ फागुन ।


खाना पकाएर आगो ननिभाउँदा बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा आगलागी हुँदा ठूलो क्षति भएको छ । खाना पकाएर चुल्होको आगो ननिभाएर हेल्चक्र्याइँ गर्दा आगलागी भई २२ घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए ।
सोमबार बिहान ११ बजेबाट सुरु भएको आगलागी एक घण्टा पछि नियन्त्रणमा आएको उनले बताए । स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरबाट सुरु भएको आगोले सँगै रहेका अन्य घरमा पनि सल्केको उनले बताए । खाना पकाएर त्यसै छोडेको चुल्होको आगो हावा चलेपछि फुसको घरमा सल्केको उनको भनाई छ । ‘खाना पकाएको आगो राम्रोसँग ननिभाएर परिवारका सदस्य कामका लागि खेतमा गएका रहेछन् । आगो बच्चाले खेलाएका हुन् या हावाले उडाएर सल्केको हो । यस विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।
घरमा बच्चाहरु मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दमकलको सहायतामा प्रहरी चौकी सुइया र इलाका प्रहरी कार्यालय भगवानपुरको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । आगलागीबाट झण्डै २७ लाखको क्षति भएको प्रारम्भिक अनुमान छ । विस्तृत अध्ययन पछि मात्र बास्तविक क्षतिको विवरण आउला,’ उनले भने ।
गाउँपालिकाका अध्यक्ष शाहले आगलागी पीडितलाई तत्काल सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । आगलागीबाट भएको क्षतिको विवरण संकलन गरि क्षतिपूर्ती दिइने उनले बताए ।

Previous articleकोहलपुर उद्योग बाणिज्य संघको अध्यक्ष सहित लक्ष्मणराज पौडेलको प्यानल विजयी
Next articleसातौं प्रधानमन्त्री कप: उपाधीका लागि एपिएफ र पुलिस भिड्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here