पूर्ण साक्षरता पालिका घोषणाका लागि नरैनापुरमा अभियान संचालन

बाँके, २३ फागुन ।


नरैनापुर गाउँपालिकालाई साक्षरता घोषणा गर्न विभिन्न कार्यक्रम गर्ने सहमति भएको छ । नरैनापुरलाई आगामी बैशाख भित्र साक्षर घोषणाका लागि साक्षरता तथा अभिभावक शिक्षा कार्यक्रम कार्यान्वयन गर्न विभिन्न कार्यक्रम गरिने भएको हो । कार्यक्रम संचालनका लागि नरैनापुर गाउँपालिका र नेपाल उत्पीडित उत्थान बिकास समाज (नुड्स) वीच सम्झौता भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।
नरैनापुर गाउँपालिकाका समुदायको शैक्षिक अवस्थाको अध्ययन अनुसन्धान गरि साक्षारता कक्षा मार्फत सर्वेक्षण गरि निरक्षर देखिएकालाई साक्षर बनाई पूर्ण साक्षर गाउँपालिका घोषणा गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिन लागेको बताउँदै उनले आगामी बैशाख मसान्तसम्म अभियान संचालन गरिने स्पष्ट पारे ।
फागुन दोस्रो साताबाट अभियान सुरु भइसकेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले फागुन तेस्रो सातासम्म स्थानीय निकाय र मुख्य सरोकारवालासँग
समन्वय तथा अन्तरक्रिया गोष्ठी गरिने र फागुन तेस्रो र चौथो सातासम्म शैक्षिक तथ्यांक संकलन र तथ्यांक एकीकृत तथा विश्लेषण गरिने जानकारी दिए ।
त्यसैगरि, शैक्षिक तथ्यांक अनुमोदनका लागि सरोकारवालासँग छलफल गोष्ठी तथा लक्षित समुह छनौट, सहजकर्ता अभिमुखिकरण कार्यक्रम संचालन, चैत पहिलो सातासम्म साक्षरता कक्षा संचालन, बैशाख चौथो हप्तासम्म नतिजा सार्वजनिक तथा छलफल गोष्ठी र साक्षर गाउंपालिका घोषणा कार्यक्रम तथा बैशाख अन्तिम साता कार्यक्रम प्रतिबेदन तथा समन्वय स्थापना गर्ने कार्यक्रम तय भएको शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले जानकारी दिए ।

Previous articleसातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिसको विजयी सुरुवात
Next article८१ खोप केन्द्रमार्फत बाँकेका २६ हजार जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप दिइदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here