नेपालगन्जको सवैभन्दा ठूलो स्विमिङ पुलमा पौडी खेलेर मज्जा लिनेको उत्साहजनक सहभागिता

बाँके, २० फागुन ।
नेपालगन्जको सवैभन्दा ठूलो स्विमिङ पुलमा पौडी खेल्नेको उत्साहजनक सहभागिता देखिएको छ । नेपालगन्ज रंगशालामा निर्माण भएको स्विमिङ पुल परीक्षण गर्ने क्रममा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए ।
परीक्षणका बेला दैनिक १०–१२ जना सर्वसाधारण स्विमिङ पुलमा पौडी खेलेर रमाउनेको संख्या बढ्दै गएको उनको भनाई छ । परीक्षणको क्रममा रहेकोले शुल्क नलिएको बताउँदै उनले अझैँ पूर्ण रुपमा संचालन भइनसकेको जानकारी दिए ।


परीक्षण गर्नुपर्ने भएकोले समय मिलाएर पौडी खेल्न दिएको बताउँदै उनले २६ फागुनमा उद्घाटन भएपछि पूर्ण रुपमा संचालनमा आउने बताए । ‘अहिले हामी स्विमिङ पुलको परीक्षणमा छौँ । २६ फागुनमा उद्घाटन भएपछि पूर्ण रुपमा संचालनमा आउने छ । त्यसपछि सर्वसाधारण सवैका लागि खुल्ला गरिने छ,’ उनले भने ।


स्विमिङका लागि शुल्क निर्धारण
२६ फागुनदेखि पूर्ण रुपमा संचालन गर्र्ने तयारी गरेको समितिले सर्वसाधारणका लागि शुल्क निर्धारण गरेको छ । क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत मिनबहादुर जिसीका अनुसार सर्वसाधारणका लागि प्रति सिफ्ट दुई सय रुपैँया र विद्यार्थीका लागि एक सय रुपैँया शुल्क निर्धारण भएको छ ।
उनले मासिक, अर्ध बार्षिक र बार्षिक सदस्यता शुल्क समेत निर्धारण भएको बताए । एकमुष्ट रुपमा मासिक, अर्धबार्षिक र बार्षिक सदस्यता शुल्क बुझाउनेलाई विशेष छुटको ब्यवस्था गरिएको उनले बताए ।
समितिले स्पेशल र सदस्य समुहका लागि छुट्टाछुट्टै सिफ्ट बनाएको छ । स्पेशल र सदस्य समुहका लागि विहान ८–१० बजे र स्पेशल ग्रुपका लागि बेलुकी ४ः३०–६ः३० बजेको समय निर्धारण गरिएको चन्दले जानकारी दिए । ‘सदस्य समुहका लागि बेलुकी ४ः३०–७ः३० बजेसम्म निर्धारण गरिएको छ । सर्वसाधारण महिलालाई विहान ११–१ बजेको समय दिइएको छ । महिलाका लागि दिइएको समयमा पुरुषलाई प्रवेश गर्न दिइने छैन,’ उनले भने ।

Previous articleनरैनापुरको अर्को सफलताः आगामी बैशाखभित्र साक्षर घोषणा
Next articleनेकपा एकता राष्ट्रिय अभियानको भेला भोली नेपालगन्जमा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here