नेकपा एकता राष्ट्रिय अभियानको भेला भोली नेपालगन्जमा हुने

बाँके, २० फागुन ।


नेकपा उपाध्यक्ष बामदेव गौतमले नेतृत्व गरेको नेकपा एकता राष्ट्रिय अभियान बाँकेको जिल्ला भेला शुक्रवार नेपालगन्जमा हुने भएको छ । भेलाले अभियानको बाँके जिल्ला कार्यसमिति चयन गर्नुका साथै नेकपाको एकताका लागि घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य कमल बस्नेतले जानकारी दिए ।
राष्ट्रिय अभियानले नेकपाका नेताहरुलाई दवाव दिएर पार्टी विभाजन हुनबाट रोक्ने नीति लिएको छ । उनले पार्टी एकताका लागि जिल्ला तहदेखि अभियान थाल्ने उद्देश्यले भेला गर्न लागिएको बताए ।

Previous articleनेपालगन्जको सवैभन्दा ठूलो स्विमिङ पुलमा पौडी खेलेर मज्जा लिनेको उत्साहजनक सहभागिता
Next articleसातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता नेपालगन्जमा सुरु (फोटोहरु)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here