नरैनापुरको अर्को सफलताः आगामी बैशाखभित्र साक्षर घोषणा

बाँके, २० फागुन ।

नरैनापुर गाउँपालिकालाई आगामी बैशाख भित्र साक्षर घोषणा गरिने भएको छ । गाउँपालिकाका अधिकांश सर्वसाधारण साक्षर भएपछि पालिकालाई साक्षर घोषणा गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बताए ।
उनले नरैनापुरका सवैलाई साक्षर बनाई ०७८ बैशाखभित्र पालिकालाई साक्षर घोषणा गर्न लागिएको बताए । गाउँपालिकास्तरिय शिक्षा समितिको बैठकले २०७८ बैशाखभित्र साक्षर घोषणा अभियान शुरु गर्ने निर्णय गरेको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले साक्षर अभियानमा सहभागी बनी महान अभियानलाई सफल बनाउन आग्रह गरेका छन् । ‘साक्षर बनाउने अभियान नरैनापुर गाउँपालिकाका लागि मात्र नभई सिंगो जिल्लाका लागि खुसीको कुरा हो । यसमा सवैको साथ र सहयोगको खाँचो छ,’ उनले भने ।

Previous articleमहासंघ बाँकेमा आतंक
Next articleनेपालगन्जको सवैभन्दा ठूलो स्विमिङ पुलमा पौडी खेलेर मज्जा लिनेको उत्साहजनक सहभागिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here