पेस्ट स्ट्रोक (डिसइन्फेक्टेड) सेवा सहितको सर्जिकल हाउस नेपालगन्जमा संचालन

बाँके, १६ फागुन ।


घर, कार्यालय र अस्पताललाई डिसइन्फेक्टेड गर्ने प्रविधिसहितको सर्जिकल हाउस संचालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका–१३, रामलिला मैदान नजिकै संचालनमा ल्याइएको शीखा सर्जिकल हाउसले घर, कार्यालय, अस्पताल, विद्यालय, बैंक तथा वित्तिय संस्थाका कार्यालयलाई डिसइन्फेक्टेड (पेस्ट स्ट्रोक) गर्ने प्रविधिसहितको सर्जिकल हाउस संचालनमा आएको हो ।
उक्त सर्जिकल हाउसको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले एक कार्यक्रमका वीच उद्घाटन गरेको हाउसका संचालक शक्ति पछल्डङ्ग्याले जानकारी दिए । उनले कोरोना कहरलाई लक्षित गरि पेस्ट स्ट्रोक सेवा संचालनमा ल्याएको बताए । सस्तो मुल्यमा स्पे्र र केमिकल प्रदान गरि कोरोना तथा अन्य किटाणुजन्य रोगबाट जोगाउने लक्ष्य रहेको उनले बताए । ‘घर, कार्यालय, होटल र बैंक तथा वित्तिय संस्थामा गएर दक्ष जनशक्तिबाट पेस्ट स्ट्रोक गर्ने सुविधा पनि मिलाएका छौँ,’ उनले भने ।


सर्जिकल हाउस उद्घाटन गर्दै भेरी अस्पताल विकास समितिका अध्यक्ष धितालले विभिन्न थरिका किटाणुजन्य रोगबाट जोगाउन पेस्ट स्ट्रोक सेवाले सहयोग गर्ने बताए । उनले पेस्ट स्ट्रोक (डिसइन्फेक्टेड) गर्ने चलन विदेशमा चलन चल्तीमा रहेको बताउँदै यसले रोग लाग्नबाट जोगाउने बताए । ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बेस हुन्छ । थोरै रकम खर्च गरेर पेस्ट स्ट्रोक गरौँ र रोगबाट जोगियौँ,’ उनले भने ।
नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले राजनीतिक दलका नेता र पत्रकारलाई ब्यवसाय गर्न सुझाव दिए । उनले राजनीतिक दलका नेताहरु ब्यवसायमा लागे भ्रष्ट्राचार गर्न नपर्ने स्पष्ट पारे । उनले पत्रकारलाई पनि ब्यवसायमा लाग्न सुझाव दिए । ‘ब्यवसायले मानिसलाई सवल र सक्षम बनाउँछ । आफूसँग पैँसा भए अरुको मुख ताक्नु पर्दैन,’ उनले भने ।
कैलपाल हस्पिट एण्ड कलेजका निर्देशक रेवती सिंहले आफ्नै विद्यार्थीले सर्जिकल हाउस संचालनमा ल्याएको देख्दा असाध्यै खुसी लागेको बताइन् । उनले भनिन्, ‘आफूले उत्पादन गरको विद्यार्थीले प्रगति गरेको देख्दा आमाबाबुलाई भन्दा मलाई धेरै खुसी लागेको छ ।’
शुभकामना मन्तब्य राख्दै उनले जलबायू परिवर्तनसँगै विभिन्न थरिका किटाणु देखिन थालेको अवस्थामा पेस्ट स्ट्रोक प्रविधिले सुरक्षित रहन सघाउने बताइन् । उनले गुणस्तरिय सेवासँगै पेस्ट स्ट्रोकलाई प्रभावकारी रुपमा अगाडी बढाउन सुझाव दिइन् । ‘विदेशमा पेस्ट स्ट्रोक अनिवार्य गरिएको छ । हामी कहाँ यसको प्रयोग भएका छैन । अनेकौ किसिमका किटाणुबाट जोगाउन यसले सघाउने आशा गरिएको छ,’ उनले भनिन् ।


उता, गुर्बाबा मल्टिमिडिया ग्रुप प्रालिद्वारा संचालित गोचालीखवर डट कमको पनि उद्घाटन गरिएको छ । उक्त अनलाइनको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय प्रेम केसी र रुद्र सुवेदीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि नेपालगन्ज उपमहानरपालिका वडा नं. १३ का वडा अध्यक्ष वीरेन्द्रबहादुर शाहले अनलाइनले सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गर्ने आशा ब्यक्त गरे । उनले अनलाइनले दिने समाचार प्रति पाठकले हेर्ने दृष्टिकोण फरक रहेकोले त्यसलाई चिरफार गर्दै समाचारमा ध्यान दिन आग्रह गरे ।
नेपाल उद्योग बाणिज्य संघका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठले सहि सूचनाले समाज परिवर्तमा सघाउने बताउँदै सत्य, तथ्य सँगैँ विश्वसनिय समाचार सम्प्रेषणमा ध्यान दिन सुझाव दिए ।


गोचालीखवर डट कमका अध्यक्ष विश्वराज पछल्डङ्ग्याको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो हातेमालो एफएमका अध्यक्ष डिल्ली विसी, सेतोखरी मिडिया प्रालिका अध्यक्ष कमल न्यौपाने लगायत, चिकित्सक, पत्रकार, उद्योगी, ब्यवसायीको सहभागिता रहेको थियो ।

Previous articleप्रविधियुक्त बन्दै भेरी अस्पताल, एमआरआई मेसिन खरिदका लागि २५ करोड विनियोजन
Next articleडुडुवाका ४४ हजारलाई हात्तीपाइलेको औषधी खुवाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here