सावधान ! सडक छेउमा पार्किङ गर्दा कारवाहीमा पर्नु होला, दुई दिनमा ३५ मोटरसाइकललाई जनही रु. एक हजार जरिवाना

बाँके, १२ फागुन ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त टोलीले नेपालगन्जका विभिन्न स्थानमा अब्यवस्थित पार्किङ गरि राखेका ३५ वटा मोटरसाइकल उपमहानगरको कार्यालयमा पुर्याएको छ । सडक ब्यवस्थि तगर्न सडकको छेउमा अब्यवस्थित रुपमा पार्किङ गरि राखिएका सवारी साधन नियन्त्रणमा लिएर उपमहानगरको कार्यालयमा पुर्याएको नगर प्रहरीका सहायक प्रहरी निरीक्षक विकास गौतमले जानकारी दिए ।
उनले मालपोत कार्यालय, भेरी अस्पताल, नापी कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी सडकमा पार्किङ गरि राखेका सवारी साधन उठाएर कारवाही गरिएको बताए । अस्थायी ट्राफिक पोष्ट, नेपालगन्जका प्रमुख प्रहरी नायव निरीक्षक सिद्धि गणेश शाहका अनुसार मंगलवार १२ र बुधवार २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही गरिएको छ । अब्यवस्थित पार्किङका कारण सवारी आवागमनमा समस्या आई दुर्घटना बढेपछि नियन्त्रणमा लिएर कारवाही गरिएको उनको भनाई छ ।


उनले पहिलो चरणमा मालपोत, भेरी अस्पताल, नापी र जिल्ला प्रशासन कार्यालय अगाडी पार्किङ गरि राखिएका सवारी साधनलाई कारवाही गरिएको बताए । उनले नियन्त्रणमा लिइएका सवारी साधनलाई आर्थिक जरिवाना गरिएको जानकारी दिए । ‘एउटा सवारी साधनलाई एक हजार रुपैँया जरिवाना गरि छाडिएको छ,’ उनले भने ।
यसपछि अन्य ठाउँमा पार्किङ गरिएका सवारी साधनलाई कारवाही गरिने उनको भनाई छ ।

Previous article१८ बर्षपछि नेपालगन्जबासीको सपना पूराः नेपालगन्ज रंगशालाको स्विमिङ पुल २५ फागुनबाट संचालनको तयारी
Next articleसरकारी जमिनमा आँखा लगाउँदा सात सय परिवारको विचल्ली, बसाइँसराइ दर्ता नहुँदा राज्यको सेवाबाट बञ्चित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here