संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला, जस्तोसुकै परिस्थितिको सामना गर्न प्रधानमन्त्री तयार

बाँके, ११ फागुन ।
सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई बदर गरेको छ । दुई पक्षिय कानुन ब्यवसायीको लामो बहस पछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर हुने फैसला गरेको हो । सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि सरकारलाई आदेश दिएको छ ।
उता, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड– माधव समुह प्रधानमन्त्री खोज्न आफू कहाँ आउनु पर्ने बताएका छन् । उनले जस्तोसुकै परिस्थितको सामना गर्ने समेत स्पष्ट पारेका छन् । ‘प्रचण्ड–माधवजी प्रधानमन्त्री खोज्दै मै भएको ठाउँमा आइपुग्नु हुन्छ,’ उनले भनेका छन् ।

4

Previous articleसूचीकृतका लागि राज्यलाई सिफारिस गर्ने मधेसी आयोगका सदस्य गुप्ताको प्रतिवद्धता
Next article१८ बर्षपछि नेपालगन्जबासीको सपना पूराः नेपालगन्ज रंगशालाको स्विमिङ पुल २५ फागुनबाट संचालनको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here