१२ चैतमा नेपालगन्जमा नागरिक सम्मेलन

Source: Google

बाँके, १० फागुन ।


१२ चैतमा नेपालगन्जमा नागरिक सम्मेलन हुने भएको छ । गैर सरकारी संस्था महासंघ नेपाल, बाँकेको आयोजनामा सम्मेलन हुन लागेको हो । महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा आज नेपालगञ्जमा बसेको महासंघको बैठकले सम्मेलनको मिति तय गरेको छ ।
सम्मेलनमा नागरिक अधिकारमा सरोकारवालाहरुको भूमिका, नागरिक समाजको सवलिकरण, मानव अधिकार, सुशासन लगायतका बिषयमा छलफल गरि बाँके घोषणा पत्र जारी गरिने अध्यक्ष शाहले जानकारी दिए ।
सम्मेलनको तयारीका लागि महासंघका उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । सम्मेलनमा नागरिक समाजका अगुवा, गैससकर्मी लगायतको सहभागिता रहनेछ ।
यसैगरि, महासंघले २२ फागुनमा बर्दियाको सतखलुवा तालमा गैसस प्रतिनिधिहरु बिच मैत्रीपूर्ण बनभोज कार्यक्रम गर्ने निर्णय गरेको छ । जसका लागि महासंघका सदस्य अभिराज क्षेत्रीको संयोजकत्वमा तयारी समिति गठन गरेको छ ।
महासंघले रिक्त कोषाध्यक्ष पदमा कार्य समिति सदस्य निर्मला सुनारलाई मनोनित गरेको छ ।

Previous articleनौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास मंगलवार उद्योग मन्त्री भट्टले गर्दै
Next articleसूचीकृतका लागि राज्यलाई सिफारिस गर्ने मधेसी आयोगका सदस्य गुप्ताको प्रतिवद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here