बन्यजन्तुको छाला ओसार पसार गर्ने नेपालगन्ज ‘ट्रान्जित प्वाइन्ट’

चितुवाको छाला र अवैध भारु सहित चार पक्राउ

बाँके, १० फागुन ।


नेपालगन्ज बन्यजन्तुका छाला ओसार पसार गर्ने ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । कर्णाली र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी जिल्लाबाट बन्यजन्तुको छाला ल्याएर नेपालगन्जमा विक्रि हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । बाँके प्रहरीले एकपछि अर्को गरि बाघ, चितुवा र अन्य जंगली जनावरको छालासहित ओसार पसारमा संलग्नलाई पक्राउ गरेपछि नेपालगन्ज बन्यजन्तुका छाला ओसार पसार गर्ने ट्रान्जित प्वाइन्टको रुपमा विकास भएको भन्न सकिन्छ ।
बाँके प्रहरीले ९ फागुनमा दुई थान चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेपछि प्रहरी अनुसन्धानलाई थप बल पुगेको छ । सल्यानबाट विक्रिका लागि ल्याउँदै गर्दा उनीहरुलाई राप्तीसोनारी गाउँपालिका–१, कुसुमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिका–१, कुसुम हुँदै चितुवाको छाला ओसारपोसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बाघचौर नगरपालिका–३ सल्यानका जित बहादुर डिसी, कुमाख गाउँपालिका–७ का कमल डिसी र सोही ठाउँका हिमेन्द्र वली पक्राउ परेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए । उनले जितबहादुर डिसीले बोकेको कालो रंगको झोलाबाट दुई थान चितुवाको छाला बरामद भएको बताए ।
जितबहादुर बन्यजन्तुका छाला र अंग खरिद विक्रि गर्ने कारोबारी रहेको अनुसन्धानबाट खुलेको उनले बताए । जितबहादुरले दुई वर्ष पहिला चितुवा पासोमा पारि छाला काढेर विक्रिका लागि तयार पारेको एसपी रानाको भनाई छ । ‘सल्यान थारमारेका अर्जुनले जित बहादुरसँग चितुवाको छाला रहेको कुरा जिमालीका दीपक रावतसँग गरेको र छाला विक्रि गर्ने भए नेपालगन्जका व्यापारीलाई विक्रि गराई दिन्छु भनि आश्वासन दिएको अनुसन्धानबाट खुलेको छ,’ उनले भने । उक्त छाला नेपालगन्जका ब्यापारीसँग ४०–६० लाख रुपैँयामा विक्रिका लागि ल्याउन लागेको अवस्थामा फेला पारि पक्राउ गर्न सफल भएको एसपी रानाको भनाई छ ।
अवैध भारतिय दश लाख रुपैँयासहित पक्राउ
बाँके प्रहरीले अवैध भारतीय रुपैँयासहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालगन्ज तर्फ आउँदै गरेका भारत उत्तरपूर्वी दिल्ली जफ्रावादका ५४ बर्षिय मुनब्वर खानलाई दश लाख अवैध भारतीय रुपैँयासहित पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी रानाले बताए ।
खानले बोकेको दुई वटा झोला जाँच गर्ने क्रममा भारतीय दुई हजार तीन र पाँच सयका एक हजार ९८८ वटा बरामद गरेको उनले बताए ।

Previous articleनेकपाका सदस्यले लिए पद तथा गोपनियताको सपथ
Next articleनौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास मंगलवार उद्योग मन्त्री भट्टले गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here