लक्ष्यभन्दा औषत ३० प्रतिशत बढि राजस्व संकलन

बाँके, ३ फागुन ।


नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक बर्षमा लक्ष्यभन्दा औषत ३० प्रतिशत बढि राजस्व संकलन गरेको छ । चालू आवको पुस महिनासम्म औषत १३० प्रतिशत राजस्व संकलन गरेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए ।
उनले पुस महिनामा लक्ष्यभन्दा ३८.१९ प्रतिशत बढि राजस्व संकलन भएको बताए । सरकारले पुस महिनामा १३ अर्व ४ करोड ५८ लाख ३० हजार रुपैँया लक्ष्य दिएकोमा भन्सार कार्यालयले १९ अर्व १३ करोड ३० लाख ५० हजार राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । ‘सरकारले दिएको लक्ष्यभन्दा पुस महिनामा झण्डै ६ अर्व बढि राजस्व संकलन गर्न सफल भएका छौँ,’ उनले भने ।
भन्सार कार्यालयका अनुसार साउनमा १७७.१३ प्रतिशत राजस्व संकलन भएको छ । भने, भाद्रमा १३७.३७ प्रतिशत, असोजमा १०१.७१, कात्तिकमा १२१.५२ प्रतिशत र मंसिरमा १२५.३६ प्रतिशत राजस्व संकलन भएको छ । ‘सहायक नाकाबाट हुने अवैध ओसार पसार रोकिएको छ । यसले राजस्व बृद्धिमा टेवा पुगेको छ,’ भण्डारीले भने ।
उनले मुख्य नाका भएर सामान ल्याउनेलाई पनि कडाई गरिएको जिकिर गरे । उनले एक सय रुपैँयाभन्दा माथिको सामान ल्याउन नदिएको बताए । उनले भने, ‘एक सयभन्दा माथिको सामानमा भन्सार शुल्क लिने गरिएको छ ।’
हाईस्पिड डिजेलबाट सवैभन्दा धेरै राजस्व संकलन
भारतबाट आयात हुने सामान मध्ये सवैभन्दा धेरै हाईस्पिड डिजेज आयातबाट राजस्व संकलन भएको छ । पेट्रोलियम पदार्थ आयातबाट चालू आवको पुस मसान्तसम्म दुई अर्व ५८ करोड २५ लाख ६१ हजार रुपैँया राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिए ।
त्यसैगरि, यस अवधिमा एक अर्व ५३ करोेड ९९ लाख ९० हजार रुपैँया बराबरको ५३ करो ९७ लाख २२ हजार किलो चिनीजन्य बस्तु आयात भएको छ । उनले पेट्रोलजन्य बस्तु आयातबाट एक अर्व एक करोड ५२ लाख ३९ हजार रुपैँया राजस्व संकलन भएको बताए । ‘चालू आवको पुस मसान्तसम्म चामल, पिठोजन्य बस्तु आयातबाट ५२ करोड ७६ लाख एक हजार रुपैँया राजस्व संकलन भएको छ,’ उनले भने ।

Previous articleमोटरसाइकल चोरी गर्ने गिरोहका नाइकेसहित ६ जना पक्राउ, कसरी चोरी गरिन्थ्यो मोटरसाइकल ?
Next articleभेरी अस्पतालमा आँखा उपचार सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here