बाँके, २८ माघ ।
मोटरसाइकल चोरी गर्ने गिरोहका नाइकले सहित ६ जना पक्राउ परेपछि बाँकेका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्लामा पुग्ने गरेको खुलासा भएको छ । चोरीमा संलग्नले चोरी गरेको मोटरसाइकल लुुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लामा पुर्याउने गरेको प्रमाणित भएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।
चोरी गरेर पहाडी जिल्लामा पठाउँदा प्रहरी र सवारी धनीले फेला पार्न नसक्ने भएपछि मोटरसाइकल मर्मत सेन्टरको मिलोमतोमा चोरीमा संलग्नहरुले यहाँका मोटरसाइकल पहाडी जिल्लामा पठाउने गरेको उनले बताए ।
प्रहरीले बाँके, खजुरा गाउ“पालिका ३ का रामबहादुर थापा, जुम्ला चन्दननाथ गाउ“पालिका ११ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका ४, बसपार्क बस्ने धिरेन्द्रबिक्रम शाही, दाङ गढवा गाविस ४ का इर्साद अहमद मुसलमान, रोल्पा लुंग्री गाविस १ का छबिलाल सुनार, रोल्पा लुग्री गाविस ५ का नवराज रोका क्षेत्री र नेपालगन्ज उपमहानगरपालिका १० का रंजीत शर्मालाई चोरीका मोटरसाइकल सहित पक्राउ गरेको हो ।
मुसलमान र रंजित वर्कसपमा काम गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुको समुहबाट ६ वटा मोटरसाइकल र वर्कसपमा प्रयोग भएका मर्मतका सामग्री, मोटरसाइकलका पार्टपुर्जा, इन्जिन लगायत रहेको प्रहरीले जनाएको छ ।
उक्त समुहले बाँकेका एकदमै भीडभाड हुने मालपोत कार्यालय, नापी शाखा, यातायात ब्यवस्था कार्यालय, भेरी अस्पताल, नर्सिङ होम, न्युरोड, कारकाँदो लगायत ठाउँमा पार्किङ गरि राखेको मोटरसाइकल चोरी गर्दै आएका थिए । ‘पार्किङ गरि राखिएको मोटरसाइकलको तार काटेर सिधै स्टार्ट गरि चोरी गर्दै आएको अनुसन्धानले देखाएको छ,’ एसपी रानाले भने ।
वर्कसपमा कार्यरत मिस्त्रीसँग मिलेर चोरीमा संलग्न ब्यक्तिल चेचिस नम्बर समेत परिवर्तन गर्दै आएको प्रहरीले जनाएको छ । ‘चोरी गरेको मोटरसाइकलको चेचिस नम्बर परिवर्तन गर्ने, मोडीफाई गराउने र रंग समेत परिवर्तन गरि विक्रि गरेको पाइयो,’ उनले भने ।
मोटरसाइकल चोरीको घटना बढेपछि बा“के प्रहरीले खोजतलासका लागि विशेष टोली गठन गरेको एसपी रानाले बताए । चोरीको घटना बढेपछि बिशेष टोली गठन गरि अनुसन्धान गर्दा गिरोह नै पक्राउ परेको उनले बताए ।
मोटरसाइकल चोरी गर्न कसले के गर्थे ?
विगतमा रामबहादुर थापाले भारतिय नागरिकसँग मिलेर चोरीका मोटरसाइकल किन्ने र नाफा खाएर विक्री गर्दै आएका थिए । लकडाउनको समयमा उनको भारतिय नागरिकसँग सम्पर्क टुुटे पछि धिरेन्द्र विक्रम शाहीलाई साथी बनाए ।
त्यसपछि दुवै जनाले बाँके जिल्लाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्न थाले । उनीहरुले हालसम्म नेपालगन्जस्थित मालपोत कार्यालय अगाडी बाट २२० सिसिको रातो कालो पल्सर, कोरियनपुरबाट १५० सिसिको पल्सर, रोयल बाँके होटलको भित्री गल्लीबाट १५० सिसिको मोटरसाइकल र ९ महिना अघि बाँकेगाँउबाट कालो–निलो रंगको डिस्कभर मोटरसाइकल चोरी गरि विक्रि गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरि, ९ महिना अघि बाँकेगाँउबाट २२० सिसि पल्सर मोटरसाइकल हवल्दारपुरबाट २२० सिसि रातो रंगको पल्सर, बर्दिया मानखोलाबाट १५० सिसि पल्सर, कोहलपुर दश विगाहबाट १५० सिसि पल्सर, कोहलपुर एनटीभी रोेडबाट २२० सिसि पल्सर, २२० सिसि पल्सर बर्दियाबाट र एनएस २०० सिसि मोटरसाइकल नेपालगन्ज कारकाँदोबाट चोरी गरेको प्रहरीले जनाएको छ ।
रामबहादुर थापाको मोटरसाइकल धिरेन्द्र विक्रम शाहीले चलाउने गरेको बताउँदै एसपी रानाले निजहरु मोटरसाइकल चलाउँदै अघिपछि हुँदै चोरीको मोटरसाइकल ढकेरी र शमशेरगंजको जंगलमा लुकाएर राख्ने गरेको बताए । चोरी गरि लगेका मोटरसाइकल दाङ गढवा घर भई प्युठान दरभानमा मोटरसाइकल वर्कसप संचालन गर्दै आएका समिर भन्ने इर्साद अहदमद मुसलमान र बाँके घर भई प्युठान चेरनेटामा वर्कसप संचान गरि वस्ने रंजित शर्माको वर्कसपमा पु¥याउँदै आएका थिए ।
मुसलमान र शर्माले चोरीको मोटरसाइकलको नम्बर प्लेट, इन्जिन नम्बर, चेसिस नं. समेत फेरेर विक्री गरेको रानाको भनाई छ । छबिलाल पुन र नवराज रोका क्षेत्रीले चोरीको मोटरसाइकल किन्ने र अन्य व्यक्तिलाई समेत चोरीको मोटरसाइकल किन्न लगाउँदै आएको उनले बताए । पक्राउ परेका उनीहरु विरुद्ध मुलुकी अपराध संहित ऐन २०७४ को चोरी सम्बन्धी कसुरको दफा २४२ को उपदफा २ बमोजिम तीन वर्षसम्म कैद र ३० हजार रुपैँया जरिवाना दावीसहित अदालतमा मुद्धा दायर गरिने बाँके प्रहरीले जनाएको छ ।