दंगीशरणकी जेभिकाले जितिन् ‘नेपाल गोल्डेन आइडल सिजन–७’ को उपाधी

बाँके, २६ माघ ।

दंगीशरण गाउँपालिका–४, बैबाङ, दाङकी १० बर्षिया जेभिका रेउलेले नेपाल गोल्डेन आइडल सिजन ७ को विजेता बनेकी छन् । पोखरामा सम्पन्न नेपाल गोल्डेन आइडल सिजन–७ डान्स कम्पिटिसनमा उनले पहिलो स्थान प्राप्त गरि १० लाख रुपैँया पुरस्कार जितेकी छन् ।
देशभरका करिव २५० जनालाई पछि पार्दै उनले नेपाल गोल्डेन आइडल सिजन ७ को उपाधी हात पारेको उनका बाबु विष्णु रेउलेले बताए । दंगीशरण गाउँपालिका–३, स्थित वीरेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनी दंगीशरण गाउँपालिकाले गत बर्ष आयोजना गरेको माघ महोत्सवको प्रतियोगितामा पनि पुरस्कार जितेकी थिइन् ।


प्रतियोगितामा कैलालीकी निहारिका बोहरा दोस्रो र बाँकेकी मनिषा परियार तेस्रो भइन् । छनोट चरणदेखि नै उत्कृष्ट कला प्रदर्शन गर्दै आएकी उनले नेपाल गोल्डेन आइडल सिजन–७ डान्स प्रतियोगिता जित्नुको श्रेय आमाबाबुलाई दिएकी छन् । ‘मेरो प्रतिभा बाहिर देखाउने बातावरण आमाबाबुले दिनुभयो । उहाँहरुको हौसला र आत्मबलले नै पुरस्कार जित्न सफल भएँ,’ उनले भनिन् ।
उनले पढाई र कलकारितालाई सँगसँगै लैजाने बताइन् । ‘शिक्षा बिना कलाकारिता पूर्ण हुन सक्दैन । कलाकारिता र शिक्षालाई सँगसँगै लगेर देशलाई चिनाउने प्रयास गर्नेछु,’ उनले भनिन् ।

Previous articleकार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आयोजना
Next articleमोटरसाइकल चोरी गर्ने गिरोहका नाइकेसहित ६ जना पक्राउ, कसरी चोरी गरिन्थ्यो मोटरसाइकल ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here