कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आयोजना

बाँके, २५ माघ ।


सुरक्षित साकोसःदिगो अभियान नाराका साथ कर्वस बाँके समुहको ५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आइतवार नेपालगन्जमा सम्पन्न भएको छ । गुरूकुल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा कार्यशाला भएको हो ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा कार्यदल संयोजक कमल गुप्ताको संयोजकत्व तथा प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष, बचत तथा ऋण जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश ज्ञवालीको प्रमुख आतिथ्यता भएको कार्यशालामा नेफ्स्कुन फिल्ड व्यवस्थापन उपसमिति सदस्य, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव तथा गुरुकुल सहकारीका पूर्व अध्यक्ष प्रेमबहादुर शाह, नेफ्स्कुन नेपालगञ्ज शाखाका प्रमुख यमबहादुर डाँगी लगायतको सहभागिता रहेको थियो ।

कार्यशालामा नेफ्स्कुनका कार्यक्रम अधिकृत पवनजंग मल्लले सहजीकरण गरेका थिए । उक्त कार्यशालामा नेपालगन्ज उपमहानगरपालिकामा संचालित नागरिक साकोस, गुरूकुल साकोस, रामारोसन साकोस, युनिटी साकोस र कोहलपुर नगरपालिकामा रहेका संघर्ष दलित महिला साकोस, बसोबास महिला साकोस र गुरूकुल साकोसका सञ्चालक समिति सदस्य, लेखा समिति सदस्य, वरिष्ठ कर्मचारीको उपस्थिति रहेको थियो । भने, कार्यक्रमको संचालन गुरुकुल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक टीकाराम चौधरीले गरेका थिए ।

Previous articleएफसी स्टारले चुम्यो योगिनी कपको उपाधि
Next articleदंगीशरणकी जेभिकाले जितिन् ‘नेपाल गोल्डेन आइडल सिजन–७’ को उपाधी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here