बाँके, २४ माघ ।
खजुरा गाउँपालिका–२, गौघाटमा सम्पन्न प्रथम योगिनी खुला पुरुष अन्तर भलिबल प्रतियोगिताको उपाधि एफसी स्टारले जितेको छ । फाइनलमा धु्रवतारा बोर्डिङ स्कुललाई हराउँदै एफसीले उपाधि चुमेको हो ।
फाइनलमा एफसीले धु्रवतारालाई २५–१५, २५–१९ र २५–२३ को सेटमा हराउँदै उपाधि जितेको आयोजकले जनाएको छ ।
एफसी र ध्रुवतारा बीच भएको फाइनल खेलमा दुई राउण्ड बराबरी भएको थियो । अन्तिम राउण्डको पहिलो चरणमा ध्रुवताराले एफसीविरुद्ध ६–१ सेटको अन्तर बनाउन सफल भएता पनि खेलाडीको तालमेल नमिल्नाले ध्रुवतारा उपाधिबाट वञ्चित बन्यो ।
विजेता बनेको एफसीले नगद २१ हजारसहित ट्रफी प्राप्त ग¥यो । उपविजेताले नगद १० हजार रुपैयाँमै चित्त बुझाउनु प¥यो ।
खेलमा सर्वोत्कृष्ट खेलाडी ध्रुवताराका सुवाष हमाल भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
साथै खेलमा बेष्ट ब्लकर एफसीका मनिराम चौधरी, वेष्ट स्पाइकर एफसीका ललित विक, बेष्ट डिफेण्डर ध्रुवताराका कृष्ण गिरि, वेष्ट सर्भर न्यू जागृतीका किरण बुढाथोकी र बेष्ट सेटर एफसीका भरत विक भए ।
रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमको सहभागिता रहेको थियो ।