सुरु भयो ‘टुर दी ठाकुरद्वारा’ साइकल यात्रा (भिडियो सहित)

बाँके, २३ माघ ।


बाँके र बर्दियाका पर्यटकीय क्षेत्रका प्रचार प्रसारका लागि ‘टुर दी ठाकुरद्वारा’ साइकल यात्रा शुक्रवार नेपालगन्जबाट सुरु भएको छ । बागेश्वरीको पूर्वतर्फ रहेको पार्कबाट विहान ९ बजे सुरु भएको साइकल यात्रा बाँके र बर्दियाका विभिन्न पर्यटकीय स्थल हुँदै शुक्रवार बेलुका ठाकुद्वारा पुग्ने भएको छ ।


प्रशिद्ध बागेश्वरी मन्दीर परिसरबाट सुरु भएको साइकल यात्रा बर्दियाका बढैयाताल, गुलरियाको खैरास्थित कृष्णसार संरक्षण क्षेत्र हुँदै ठाकुरद्वारा पुग्ने कार्यक्रम रहेको साइकल यात्राका संयोजक सतिश निरौलाले बताए । २४ माघका दिन ठाकुरद्वारामा पर्यटन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया गरिने भए नाडाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।


उक्त साइकल यात्रामा भारत र नेपालका विभिन्न मुख्य शहरका १५४ जनाले सहभागिता जनाएको संयोजक निरौलाले बताए । स्वास्थ्य पर्यावरण र पर्यटन विकासका लागि नाम दिइएको उक्त साइकल यात्रामा यस पटक पनि विश्व साइकल यात्री पुष्कर शाहले समेत सहभागिता जनाएका छन् । साइकल यात्रामा सहभागी टोली २५ गते नेपालगन्ज फर्किने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here