नरैनापुरका सोहन र कैलाश किसान महासंघको केन्द्रीय सदस्यमा चयन

बाँके, २३ माघ ।


बाँकेको सुदूरपूर्वका नेकपाका दुई नेता अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्यमा चयन भएका छन् । महासंघको विहीबार काठमाडौँमा भएको भेलाले नरैनापुरका सोहनलाल यादव र कैलाशनाथ यादव केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
उनीहरु दुवै जनालाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको राष्ट्रिय भेलाले केन्द्रीय सदस्यमा चयन गरेको केन्द्रीय सदस्य सोहनलालले जानकारी दिए । उनीहरुले दूरदराजका किसानको हकहितका लागि आवाज उठाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here