पर्यटकीय क्षेत्रको प्रचारका लागि ‘टुर दी ठाकुरद्वारा’ साइकल यात्रा

बाँके, २२ माघ ।


बाँके र बर्दियाका पर्यटकीय क्षेत्रका प्रचार प्रसारका लागि २३ माघमा ‘टुर दी ठाकुरद्वारा’ साइकल यात्रा हुने भएको छ । बागेश्वरीको पूर्वतर्फ रहेको पार्कबाट विहान ७ः३० बजे सुरु हुने साइकल यात्राको उद्घाटन पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी र नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शमशेर राणाले गर्ने भएका छन् ।
नेपालगन्जबाट बर्दियाको पर्यटकीय स्थल ठाकुरद्वारासम्म हुने उक्त साइकल यात्रामा भारत र नेपालका विभिन्न मुख्य शहरका १५४ जनाले सहभागिता जनाउन लागेको टुर दी ठाकुरद्वारा साइकल यात्राका संयोजक शतिश निरौलाले जानकारी दिए ।
स्वास्थ्य पर्यावरण र पर्यटन विकासका लागि नाम दिइएको उक्त साइकल यात्रामा यस पटक पनि विश्व साइकल यात्री पुष्कर शाहले समेत सहभागिता जनाउने भएका छन् । साइकल यात्रा २३–२५ माघसम्म हुने संयोजक निरौलाले बताए ।

Previous articleराष्ट्रिय अनुसन्धानका सहायक सूचक प्रविणको हत्या कसरी भएको थियो ? (विस्तृतमा पढ्नुहोस्)
Next articleनेपालगन्जका वडा अध्यक्ष लामाको काठमाडौँमा निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here