भेरी शीत भण्डारको अध्यक्षमा बलराम भट्टराई निर्वाचित

बाँके, २० माघ ।
कोहलपुरस्थित भेरी शीत भण्डार सहकारी संस्था लि. को अध्यक्षमा बलराम भट्टराई निर्वाचित भएका छन् । संस्थाको कोहलपुरमा सम्पन्न १३ औं साधारणसभाले भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
सभाले संस्थाको उपाध्यक्षमा युवराज पौडेल र सदस्यहरुमा क्रमशः गौरीकान्त आचार्य, कोपीला गिरि, सीताराम थारु, गणेशबहादुर कार्की, ऐनप्रसाद पौडेल, सफिक मोहम्मद गुल्जार, टेकबहादुर शाही, केशकुमारी शाही र तुलाराज शाही चयन भएको निर्वाचन समितिका संयोजक होमप्रकाश सुवेदीले जानकारी दिए ।
लेखा समितिको संयोजकमा अमरबहादुर खड्का चयन भएका छन् । भने, बिष्णुकान्त आचार्य र रमिला थापा समितिको सदस्यमा चयन भएका छन् । १८ माघमा भएको साधारणसभाले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरे पनि मंगलवार नबनिर्वाचित पदाधिकारीलले सपथ ग्रहण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here