काठमाडौँ, १६ माघ ।
राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपालगन्ज उपमहानगरपालिका– ६ फुल्टेक्राका १८ वर्षीय विवेक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका– ९ ताथलीबाट बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागको नेपालगन्ज कार्यालयमा कार्यरत सहायक सूचक २७ वर्षीय प्रवीण थापामगरको हत्यामा संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।
गत २ माघमा उनको हत्या भएको थियो । हत्यापछि उनको शव नेपालगन्ज– १८ स्थित खेतबारीमा फेला परेको थियो । हत्या लगत्तै परियार फरार भएका थिए ।