भेरी अस्पतालका चार सय मध्ये १२० जनाले लगाए कोरोना विरुद्धको खोप (भिडियोसहित)

बाँके, १४ माघ ।


कोरोना विरुद्धको खोप अभियान अन्तरगत भेरी अस्पतालमा कार्यरत १२० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । भेरी अस्पतालमा स्थायी, अस्थायी, करार, ज्यालादारी लगायत गरि चार सयको हाराहारीमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कर्मचारी, सुरक्षा गार्ड लगायत कार्यरत छन् । खोप अभियान अन्तरगत पहिलो खोप भेरी अस्पतालका प्रमुख मेडिकल सुरपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले लगाए ।
खोप अभियानका पहिलो दिन भएकोले कोरोना विरुद्धको खोप लगाउनेको संख्या कम देखिएको डा. थापाले बताए । उनले बुधवार ढिलागरि सुरु भएकोले पनि खोप लगाउनेको संख्या थोरै देखिएको बताए । चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको समय नमिलेर बुधवार खोप लगाउन छुटेको उनले दावी गरे ।


उनले भेरी अस्पतालमा कार्यरत सवैले खोप लगाउने बताए । लगाउन त सवैले लगाउँछन् । ‘कोही पहिलो दिन भएर डराएका पनि होलान । कोही रातीको ड्यूटी सकेर घर गइसकेका थिए होला । कसैको बेलुकी ड्यूटी हुन्छ । समय मिलाएर सवैले कोरोना विरुद्धको खोप लगाउने छन्,’ डा. थापाले भने ।

विहीवार भोली नरैनापुर, डुडुवा गाउँपालिका र नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीलाई लगाउने तालिका छ । ‘विहीवार सात सय ५० जनालाई लगाउने योजना छ,’ डा. थापाले भने, खोप लिन बाँकी रहेका भेरी अस्पतालका कर्मचारीले पनि विहीवार लगाउन पाउने छन् ।’

Previous articleबुधवार भेरी अस्पतालका ४५० जनालाई कोरोना विरुद्धको खोप दिइने
Next articleसिकलसेल एनिमियाले थलिदै थारु समुदाय, यसको रोकथामका लागि के गर्दैछन् स्थानीय तह ? थारु आयोगले आयोजना गरेको कार्यक्रममा कसले के भने ? (हेर्नुहोस् भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here