मलेसियाबाट बाकसमा कैद भएर फर्किएका गनापुरका तिरथराम लोनियाको परिवारको कथा, ब्यथा कस्तो छ ? (भिडियो हेर्नुहोस)

बाँके, ११ पुस ।


गरिवीले पिल्सिएका जानकी गाउँपालिका–६, डिठापुरका ४२ बर्षिय तिरथराम लोनिया मिठो सपना बोकेर ७ बर्षअघि मलेसिया हानिए । सानो पानी पर्दासमेत चुहिने घरलाई पक्की बनाउने धोको पूरा गर्न उनी लाउँलाउँ, खाउँखाउँकी श्रीमति, तीन छोरी र दुई छोरालाई घरमै छोडेर काठमाडौँ हुँदै मलेसियाको यात्रा तय गरे ।
उनी मलेसिया जानेबेला उनकी श्रीमति संगितादेवी लोनिया तीन महिनाकी गर्भवती थिइन् । उनले ६ महिनापछि छोरालाई जन्म दिइन् । तर, उनको कान्छो छोराले बाबुको मुख देख्न पाएनन् । तिरथरामले पनि छोराको अनुहार देख्न नपाएर मुग्लाननमा देह त्याग गरेका छन् । उनको कान्छो छोरा अहिले सात बर्षको भए ।

https://youtu.be/yz_pM9aWDWI

विदेश गएर चुहिने घरलाई पक्की बनाउने, छोराछोरीलाई राम्रो शिक्षा दिने र श्रीमतिलाई सुखका साथ राख्ने सपना बोकेर विदेशियका तिरथरामको शव बाकसमा प्याक भएर आएको छ । उनको आइतवार दाहसंस्कार गरिएको छ । पक्की घर बनाउने र छोराछोरीलाई राम्रो शिक्षादिक्षा तथा मिठो खानपान गराउने मिठो सपना बोकेर विदेश जानु भएको थियो, आफ्नो सपना पूरा गर्न नपाउँदै हामीलाई छोडेर जानु भयो,’ संगितादेवीले भनिन् ।
उनको ऐलानी जमिनमा घर छ । घरबासमात्र भएकोले उनको परिवार तिरथरामको कमाईमा निर्भर थियो । तिरथरामले महिनामा ८–१० हजार रुपैँया घरमा पठाउँथे । त्यहि पैँसाले उनको पाँच जनाको परिवार पालिएको थियो । बैदेशिक रोजगार कम्पनीले मासिक १२–१३ सय रियाल दिलाउने शर्तमा उनी मलेसिया गएको उनका पत्नी संगितादेवीले बताइन् । ‘कम्पनीले शर्त अनुसारको पारिश्रमिक नदिएपछि उहाँ (पती) ले मासिक ८–१० हजारमात्र पठाउनु हुन्थ्यो । पक्की घर बनाउने त परको कुरा खान, लाउन समेत पुग्दैनथ्यो,’ उनले भनिन् ।

https://youtu.be/EdNfKu2KQt0


उनले साहुसँग ५ प्रतिशत ब्याजमा एक लाख १५ हजार रुपैँया ऋण लिएर मलेसिया गए पनि उनले अहिलेसम्म साहुको ऋण चुक्ता गर्न सकेका थिएनन् । विदेश जाने बेला लिएको ऋणको आधा रुपैँया तिर्न अझैँ बाँकी रहेको संगितादेवीले बताइन् । ‘विदेशबाट पठाएको रकमले घर खर्च चलाउन ठिक्क हुन्थ्यो । अलिअलि गरि ऋण चुक्ता गर्दै थियौँ । बाँकी रहेको ऋण अव के गरि तिर्ने होला,’ गला अवरुद्ध पार्दै उनले भनिन्, ‘आफ्नो देशमा काम गर्ने ठाउँ भइदिएको भए आज यस्तो दुर्दशा भोग्न पर्दैनथ्यो होला ।’
संगितादेवी र तिरथराम वीच मंसिर महिनाको शुक्रवार फोनमा कुराकानी भएको थियो । यो नै उनीहरु वीचको अन्तिम संवाद हुन पुग्यो । शुक्रवार विहान ६ बजे फोनमा भएको कुराकानी नै अन्तिम भएको उनले बताइन् । ‘विहान, बेलुका, दिउँसो फोनमा कुराकानी हुन्थ्यो । विहान फोन हुँदा दिउँसो १२ बजे खाना खाने बेला राम्रोसँग कुरा गरौँला भनेर फोन राख्नु भयो । फोन आउने आशामा मैले मोवाइलको डाटा अन गरेर राखेँ, तर उहाँको फोन आएन । शनिवार बेलुकी उहाँको मृत्यु भएको भनि फोन आयो,’ उनले भनिन्, ‘आइतवार पैँसा पठाउँछु, सोमवार निकाल्नु भन्नु भएको थियो, तर आइतवार नआउँदै उहाँको मृत्युको खवर सुन्न पर्यो ।’
पतिको मृत्यु भएको खवर पाएदेखि उनको आँखा ओभाएको छैन । उनी घरघरि बेहोस हुन्छिन्, बरबराउँछिन् पनि । उनीमात्र नभई सारा गाउँ शोकमा डुबेको छ । हुँदाखाँदाको छिमेकी गुमाउँदा गाउँ नै सुनसान भएको छ,’ भाई विजयसिंह लोनियाले भने ।
शव लिन तिरथरामका भाई विजय काठमाडौँ गए । उनले नै शव घरसम्म ल्याए र अन्तिम संस्कार गरे । दाजुको घरमा केहि नभएकोले अन्तिम संस्कार गर्दा लाग्ने रकम पनि आफैले जोहो गरेको उनले बताए । ‘दाजुको घरमा केहि पनि छैन । अन्तिम संस्कारका बेला लाग्ने रकम मैले ब्यवस्था गरेँ । दाल, चामल, आलु, प्याज छिमेकी गाउँका महिलाले ल्याई दिनु भएको छ । शुद्धशान्तिका बेला लाग्ने खर्च सरसापट र चन्दा उठाएर गर्नुपर्ला,’ उनले भने ।


उनले काजक्रियामा ५० हजार भन्दा बढि खर्च लाग्ने बताए । एक जना ‘माह’ लाई एक गाँसको कम्तिमा दुई सय ५० रुपैँया दिनुपर्ने प्रावधान भएको बताउँदै उनले शुद्धशान्तिमा आएका १३ जना ब्राह्मणलाई प्रति ब्यक्ति पाँच सय रुपैँयाका दरले बुझाउनु पर्ने बताए । ‘ब्राह्मणलाई गम्छा र ‘माह’ लाई पलंग, सिरक, डसना, भाडावर्तन दिनै पर्यो,’ उनले भने, ‘शुद्धशान्तिमा आएकालाई खाना पनि नखुवाई भएन ।’
तिरथरामको मृत्यु पछि उनका तीन छोराको पढाई पनि अनिश्चित भएको छ । जेठो छोरा हरदेवबक्स १३ बर्षका छन् । उनी कक्षा ६ मा पढ्न् । त्यसैगरि, माइलो छोरा गणेश ९ बर्षका भए उनी कक्षा ४ र कान्छो छोरा १ मा पढ्छन् । ‘विदेशबाट रकम पठाउँदा खान, लाउन ठिक्क थियो । अव त आउने बाटो पनि कहिँ छैन । छोराहरुलाई नपढाउने त होला,’ संगितादेवीले भनिन् ।

तिरथरामको अन्तिम संस्कार पछि खानका लागि चामल, नुन, तेल, दाल दिन आएका स्थानीय महिला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here