शौचालय बन्यो गोदाम घर, सर्वसाधारण खुल्ला ठाउँमा शौच गर्न बाध्य

बाँके, १० माघ ।


नेपालगन्ज उपमहानगरपालिका–१३, मासुमण्डी छेउमा निर्माण भएको अत्याधुनिक शौचालय गोदाम घरको रुपमा प्रयोग भएको छ । उपमहानगरले मासुमण्डीका एक मासु ब्यवसायीलाई संचालनका लागि भाडामा दिए पनि ति ब्यवसायीले शौचालयलाई गोदाम घर बनाएका छन् ।
मासु ब्यवसायले महिला र पुरुष दुवैतर्फको शौचालयमा दिनभर ताला लगाउने गरेका छन् । ब्यवसाय गर्नुपर्ने भएकोले शौचालयमा ताला लगाउने गरेको उनले बताए । ‘दिनभर कुरेर बस्न नसकिने भएकोले ताला लगाउन परेको हो,’ ति ब्यापारीले निर्धक्कसँग भने ।

शौचालयमा ताला लागेपछि सर्वसाधारण खुल्ला ठाउँमा शौच गर्न बाध्य भएका छन् । शौच गर्नका लागि बनाइएको शौचालयमा ताला लगाइएपछि खुल्ला ठाउँमा शौच गर्दै आएको मासुमण्डीका एक ब्यापारीले बताए । नजिकै शौचालय छ, तर सधैँ बन्द हुन्छ । शौच गर्नका लागि पो शौचालय बनाइएको होला । बन्द गरेर राख्नका लागि त होइन होला,’ ति मासु ब्यापारीले भने ।
शौचालय भित्र खसी, बोका, मासु काट्ने सामग्री, बोरा, साइकल लगायतका सामान शौचालय ठेक्का लिएका ब्यक्तिले राख्ने गरेका छन् । ‘शौचालयलाई गोदाम घर बनाइएको छ,’ स्थानीय एक ब्यापारीले भने, ‘धेरै रकम खर्च गरेर निर्माण भएको शौचालयको उचित प्रयोग हुन सकेको देखिदैन ।’

Previous articleसडक दुर्घटना न्यूनिकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता
Next articleस्वास्थ्य शिविरमा एक सय १० जना लाभान्वित (फोटोहरु)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here