बाँके, ६ माघ
एफएफएसए दाङलाई हराउँदै आयोजक जयकिसान स्पोटर््स क्लब ‘ए’ फाइनलमा प्रवेश गरेको छ । बाँकेमा संचालन भइरहेको स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनमा जयकिसानले दाङलाई हराउँदै उपाधि नजिक पुगेको हो ।
जयकिसानले दाङलाई १–० ले हरायो । जयकिसानका विनोद केसीले १२ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।
अब उपाधिका लागि जयकिसान र मसुरिया एकेडेमी, कैलाली बीच प्रतिस्पर्धा हुनेछ ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीले सहारा एफसी, लखनउलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुनेछ । खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैँया पाउने आयोजकले जनाएको छ ।
खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।