नरैनापुरमा अनलाइन मार्फत व्यक्तिगत घटना दर्तामा तीब्रता

बाँके, ५ माघ ।


नरैनापुर गाउँपालिकामा अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गर्ने कार्य धमाधम भइरहेको छ । व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गर्न १७ पुसदेखि अनलाइन मार्फत घटना दर्ता सुरु भएको हो ।
वडा नम्बर ४ वाट शुरु भएको कार्यलाई निरन्तरता दिँदै सोमवार १ नम्बर वडामा अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गरिएको प्रमुख प्रशासकिय अधिकृत महेन्द्रबहादुर शाहीले जानकारी दिए । सोमवार नरैनापुर गाउँपालिका–१ का राम किशोर बडहीको छोरी सनुपा बडही तथा रामपाल बारीको छोरी निशुकुमारी बारी सहित ३ जनाको जन्म दर्ता गरिएको उनले बताए ।
अनलाइन व्यक्तिगत घटना दर्ताले काम छिटो छरितो हुने, अभिलेखीकरणमा सहजता आउने, च्यातिने, हराउने, नष्ट हुने सम्भावना कम रहने तथा माथिल्लो निकायले पनि खोजेको बेला सजिलै हेर्न सकिने भएको हुनाले यो प्रक्रिया अति प्रभावकारी रहेको शाहीले बताए ।
१ नम्बर वडामा गरिएको अनलाईन घटना दर्ताहरुको प्रमाण–पत्र स्थानीय पञ्जिकाधिकारी एवम् वडा सचिव लक्ष्मीकान्त मिश्राको हस्ताक्षरबाट जारी गरिएको थियो । भने, कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, वडा अध्यक्ष मोल्हे बेहना शेष, वडा सचिव लक्ष्मीकान्त मिश्रा, पञ्जिकरण शाखाका जयप्रकाश पाठक, गोबिन्द गोडिया, हंशराज विश्वकर्मा, सुजितकुमार तिवारी, वडा सदस्य जकि खाँ, सहायक कम्युटर अपरेटर आरिफ खाँ लगायतको सहभागिता रहेको गाउँपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।

Previous articleस्वशासनका लागि पश्चिम तराईका थारु गाउँमा धमाधम चुनिदै बरघर, बरघरको स्वशासन कस्तो छ ?
Next articleपूर्वमन्त्री राईको प्राथमिकतामा नेपालगन्ज, तर ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्योलमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here