नयाँ बर्षको रुपमा मनाइने माघे सक्रान्तिमा थारु समुदायले के के गरे ? (भिडियो सहित)

दाङ, ३ माघ ।


नयाँ बर्षको रुपमा मनाउँदै आएको माघे सक्रान्तिलाई थारु समुदायले विदाई गरेका छन् । झण्डै ५ दिनसम्म मनाएका थारु समुदायले २८ पुसमा माछा मारे, २९ पुसका दिन सुंगुर, बंगुर, खसी, बोका काटेर मासुको जोहो गरे । २९ पुसको रातभर धुम्रु र छोक्रा नाँच नाचेका उनीहरुले १ माघको विहान नदी, ताल र पोखरीमा गएर स्नान गरे । स्नान गरेर चामलको सेतो टीका लगाए र आफू भन्दा ठूलालाई ढोगसलाम गरेर आशीर्वाद लिए ।

माघौटा नाँच नाच्दै दाङ, बैबाङका सर्वसाधारण ।


१ माघमा आफुभन्दा ठूलासँग आशीर्वाद लिन घर–घरमा गएर ढोगसलाम गरे । रिसराग त्यागेर समाजमा शान्ति र सद्भावमा सहयोग गरे । आफ्नो दौतरीसँग मघौटा नाँच नाचेर माघ पर्वलाई रमाइलो बनाए । गाउँका भद्रभलादमीले पैँसा लुटाए । नचनियाले पैँसा मुखले रुपैँया लुटे ।

माघीडेवानीका दिन बरघर चयनका लागि भेला भएका दाङ, बैबाङका सर्वसाधारण ।

२ माघ अर्थात माघीडेवानीका दिन घर भेला घरको र गाउँभेलाले गाउँको विकास निर्माणका योजना बनाए । गाउँको नीति, नियम बनाएर लागू गरेका छन् । अन्य थारु समुदाय जस्तै दंगीशरण गाउँपालिका–४, बैबाङका स्थानीयले पनि बरघर चयन गरेका छन् । उक्त गाउँमा दुई जना बरघर चयन भएको स्थानीय राजेश चौधरीले बताए । गाउँ ठूलो र दुईवटा गल्लीमा विभाजित भएकोले दुवै गल्लीको गाउँभेलाले २ माघमा (माघीदेवानी) का दिन पुरानै बरघरलाई मान्यता दिएको उनले बताए । ‘गाउँ भेलाले पश्चिम गल्लीका लागि कल्चु चौधरी र पूर्व गल्लीको होताराम चौधरीलाई बरघर चुनेको छ,’ उनले भने ।

माघौटा नाँचमा पैँसा लुट्दै दाङ, बैबाङको नचनिया ।
Previous articleपत्थरकट्टाको पुर्ख्यौली पेशा संकटमा
Next articleमाधव नेपालको नजरमा केपी ओली दुर्योधन जस्तै घमण्डी र पाखण्डी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here