भेरी नदीमा बस खस्दा एकको मृत्यु

बाँके, २३ पुस ।

सुर्खेतमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले बजार नजिकै यात्रुबाहक बस भेरी नदीमा खस्दा एक जनाको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन । छिन्चुबाट जाजरकोट जाँदै गरेको बस भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।
दिउँसो करिव ३ बजे बस भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन केहि समय लाग्ने इलाका प्रहरी कार्यालय, छिन्चुका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले जानकारी दिए ।

Previous articleमाघे सक्रान्तिः थारु सम्वत् २६४६
Next articleबाँकेलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न उपमहानगरको अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here