सरसफाई अधिकृत केसी प्रति उपमहानगरको श्रद्धाञ्जली

बाँके, १९ पुस ।


मोटरसाइकल दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएका नेपालगन्ज उपमहानगरपालिकाका सरसफाई अधिकृत अशोक केसी प्रति उपमहानगरपालिकाले गहिरो दुख ब्यक्त गर्दै श्रद्धाञ्जलीसभा गरेको छ । उनको मृत्युले उपमहानगरलाई ठूलो घाटा ब्यहोरेको बताउँदै गहिरो शोक ब्यक्त गरिएको छ ।
उपमहानगरको कार्यालयमा भएको श्रद्धाञ्जलीसभामा नगरप्रमुख डा. धवलशमशेर राणाले केसीको निधनबाट उप–महानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताए । नगरको सरसफाईका लागि स्व. केसीले रातदिन खटिएको बताउँदै उनले केसीको योगदानको कदर गरिने बताए ।
श्रद्धाञ्जली सभामा नगर उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायत जनप्रतिनिधी र कर्मचारीको उपस्थिती रहेको थियो ।
केसीको निधनमा शोक मनाउँदै नेपालगञ्ज उपमहानगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ । उपमहानगरपालिका र २३ वटै वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Previous articleकोरोना संक्रमित दाङका एक महिलाको मृत्यु
Next articleथारु जातिम ‘संयुक्त परिवार’: थारुनसे सिख्ल कम्यूनिष्ट ‘कम्यूनिजम’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here