कोरोना संक्रमित दाङका एक महिलाको मृत्यु

बाँके, १९ पुस ।


बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेका विभिन्न अस्पतालमा भर्ना भएका मध्ये ७८ कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत लमही नगरपालिका–८, दाङकी ६५ बर्षिया कोरोना संक्रमित महिलाको १९ पुसको विहान १ः३८ बजे मृत्यु भएपछि बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका मध्ये मृत्यु हुनेको संख्या ७८ पुगेको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि ति महिलालाई १३ पुसमा भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको १४ पुसमा कोरोना परीक्षणका लागि स्वाब संकलन भएको र १५ पुसमा कोरोना पुष्टि भएको थियो । मृतक महिलामा स्वास प्रस्वास सम्बन्धि समस्या देखिएको जिल्ला कोभिड संकट ब्यवस्थापन समितिका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

Previous articleबाँकेका तीन ज्येष्ठ पत्रकार सम्मानित (उद्घाटन सत्रको भिडियो सहित)
Next articleसरसफाई अधिकृत केसी प्रति उपमहानगरको श्रद्धाञ्जली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here