नरैनापुरमा अनलाइन व्यक्तिगत घटना दर्ता शुरु

बाँके, १७ पुस ।


नरैनापुर गाउँपालिकाले अनलाइन व्यक्तिगत घटना दर्ता शुरु गरेको छ । व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गर्न शुक्रबारबाट अनलाइन व्यक्तिगत घटना दर्ता शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
आज शुक्रवार पहिलो दिनमा नरैनापुर गाउँपालिका–४ का निवासी बुवा सरिफ खाँ र आमा सरतुल खाँका एक महिने छोरा दिलशाद खाँ तथा जुबेर खाँ र आमा मीना बेगमका छोरा जावेद खाँको अनलाइनबाट जन्मदर्ता गरि अनलाइन व्यक्तिगत घटना दर्ता शुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।
गाउँपालिकाको वडा नं. ४ बाट शुरु भएको अनलाइन व्यक्तिगत घटना दर्ता सबै वडामा बिस्तार गरिने उनले बताए । अनलाइन व्यक्तिगत घटना दर्ता शुभारम्भ कार्यक्रममा नरैनपुर गाउँपालिका–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्मा, वडा नं. २ का वडाध्यक्ष मसुद अहमद खाँ, प्रशासन शाखा प्रमुख भरत महतो, योजना शाखा प्रमुख विजयकुमार यादव, पञ्जीकरण शाखा प्रमुख जयप्रकाश पाठक, वडा नं. ४ का सचिव सुजिता चौधरी, पञ्जीकरण शाखाका गोविन्दप्रसाद गोडिया लगायतको सहभागिता रहेको थियो ।
यसैगरि शुक्रवार नै नरैनापुर गाउँपालिका–६ का स्थानीय रामनरेश यादव र आमा कलावती यादवका एक महिने छोरा श्यामसुन्दर यादवको पनि अनलाइनबाट जन्मदर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।
गाउँपालिकाको वडा नं. ६ मा भएको अनलाइन व्यक्तिगत घटना दर्ता शुभारम्भ कार्यक्रममा गाउँपालिका–६ नम्बर वडाका वडाध्यक्ष बिरेन्द्रपाल सिंंह, वडा नं. २ का वडाध्यक्ष मसुद अहमद खाँ, प्रशासन शाखा प्रमुख भरत महतो, योजना शाखा प्रमुख विजयकुमार यादव, पंजीकरण शाखा प्रमख जयप्रकाश पाठक, वडा नं. ६ का सचिव जीवनलाल यादव, पञ्जीकरण शाखाका एम. आई. एस् अपरेटर गोविन्दप्रसाद गोडिया लगायतको सहभागिता रहेको थियो ।

Previous articleलौव बरस ओ सांस्कृतिक पर्व ‘माघ’ (मघौटा नाँचसहित)
Next articleभेरी अस्पतालमा ‘क्रिटिकल केयर’ जनशक्ति नहुँदा संक्रमितको उपचारमा समस्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here