नेपालगन्जको महत्वाकांक्षी योजनाः सेनेटरी ल्याण्डफिल साइटको प्रशोधन केन्द्र ६ महिनामै बन्द

बाँके, १६ पुस ।


कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रण गर्न सरकारले १२ चैतमा देशभर लकडाउन घोषणा ग¥यो । नेपालगन्जका लागि ठूलो महत्वाकांक्षि मानिएको एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (सेनेटरी ल्याण्डफिल साइट) सञ्चालनमा आएको ६ महिना नवित्दै प्रशोधन कार्य बन्द भएको छ।
एशियाली विकास बैंक (एडीबी) को साझेदारीमा ३८ करोड ९३ लाख ४२ हजार रुपैँयामा ल्याण्डफिल साइट बनेको हो । ‘फोहोरबाट मोहर’ फलाउने उद्देश्यका साथ निर्माण भए पनि उक्त ल्याण्डफिल साइटमा जडान भएका फोहर प्रशोधन गर्ने मेसिन नौँ महिनादेखि बन्द छन् । गल्ने र नगल्ने दुई प्रकारका फोहोरलाई ल्याण्डफिल साइटमा व्यवस्थापन गर्ने उद्देश्य लिइएको थियो। गल्ने फोहोरबाट मल बनाउन र नगल्ने बस्तुलाई विक्रि गरि मोहर आर्जन गर्ने अवधारणा अघि सारिएको थियो।
दैनिक २४ टन फोहर भण्डारण गर्ने क्षमताको नेपालगन्जमा निर्माणाधिन ल्याण्डफिल साइटमा दैनिक २४ टन फोहर भण्डारण गर्ने क्षमता छ । नेपालगन्जमा हाल दैनिक ३० टन फोहर उत्पादन हुने गरेको छ । संकलन भएको फोहरलाई ल्याण्डफिल साइडको चार वटा सेलमा राखेर कुहिने, नकुहिने र कडा खालका फोहर छुट्याइने गरिन्थ्यो ।
ल्याण्डफिल साइटमा फोहोर ल्याइएपछि पहिलो चरणमा कुहिने खालको फोहोरबाट कम्पोष्ट मल तयार गरिन्छ । ईट्टा, ढुंगा लगायतका नकुहिने फोहोर भने सेलमा राखेर माटोले च्यापिने गरिएको छ, तर अहिले कुहिने, नकुहिने (प्लाष्टिक, इट्टा, ढुंगा) छुट्याउने मेसिन संचालनमा नआएपछि सवै फोहर एउटै खाडलमा फाल्ने गरिएको नेपालगन्ज उपमहानगरपालिकाका बातावरण तथा सरसफाई शाखा प्रमुख प्रकाश डिसीले बताए ।
उनले जनशक्ति अभावका कारण कन्भेरबेल मेसिन संचालनमा आउन नसकेको बताए । पहिले ५० जना जनशक्ति परिचालन भएको उक्त ल्याण्डफिल साइटमा अहिले ३० जनामात्र कार्यरत रहेको उनले बताए । ‘एकारित जनशक्ति समस्या र अर्कोतर्फ मजदुरलाई काममा लगाउँदा भीड्भाड हुने र त्यसले कोरोना संक्रमण फैलिन सक्ने खतरा देखियो,’ उनले भने, ‘लकडाउन सुरु भएको दिनदेखि बन्द भएको काम अझैँ सुचारु भएको छैन,’ उनले भने ।


उपमहानगरपालिकाले कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै गाडीको व्यवस्था गरेको भए पनि नगरवासीले भने फोहोर मिसाउने गरेको बातावरण इन्जिनियर डिसीले बताए । ‘ल्यान्डफिल्ड साइटमै फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्ने भए पनि मेसिन संचालन नहुँदा जैविक फोहोर पनि डम्पिङ साइटमा पुर्ने गरिएको छ,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले पनि कोरोनाका कारण फोहर छुट्याउने मेसिन संचालनमा आउन नसकेको बताइन् । उनले उद्देश्य अनुसार काम हुन नसकेपछि सबै फोहर एउटै खाल्डोमा पुर्ने गरिएको बताइन् । ‘फोहरको बर्गीकरण गर्ने मेसिन संचालनमा नआएकोले जैविक फोहर र नगल्ने फोहर छुट्याउन गाह्रो भएको छ,’ उनले भनिन् ।
उनले कुहिने र नकुहिने फोहर संकलन गर्न नगरका हरेक घरमा बाल्टी र बोरा वितरण गरिएको बताइन् । ‘स्थानीयलाई कुहिने फोहोर संकलन गर्ने बाल्टी र नकुहिने फोहोरका लागि बोरा निःशुल्क बाँडेका छौँ,’ उनले भनिन् ।
उपमहानगरको लापवरबाहीले आयोजना असफल
१३ विगाह पाँच कठ्ठामा फैलिएको ल्याण्डफिल साइटमा ३२ वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने बनाइएको छ। साइट निर्माणअघि बीडीए नेपालले सन् २०१४ मा गरेको अध्ययनअनुसार नेपालगन्जको फोहोरमा सबैभन्दा बढी अर्गानिक (कुहिने) फोहोर ६९ दशमलव ५५ प्रतिशत थियो ।
फोहोर वर्गीकरण गरी सड्नेबाट प्रांगारिक मल उत्पादन गरि बिक्री गर्ने र प्लास्टिक, फलामलगायत कबाडी सामान बेचेर भएको आम्दानीबाट ल्यान्डफिल्ड साइटको सम्पूर्ण सञ्चालन खर्च व्यवस्थापन गर्ने लक्ष्य हो। साइट व्यवस्थापनका लागि मासिक कम्तीमा २७ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ। जुन वार्षिक ३ करोड ३० लाख रुपैयाँ हुन्छ।
ल्यान्डफिल्ड साइटको ३२ वर्षसम्म नगरको फोहोर व्यवस्थापन गर्ने लक्ष्य पनि असफल हुने छाँट देखिएको छ। फोहोर डम्पिङ गर्न चार वटा सेल (ठूला खाल्डो खनिएका) छन्। एउटाले कम्तीमा आठ वर्ष धान्ने लक्ष्य थियो । यो अवधिको डम्पिङको अवस्था हेर्दा एउटा खाल्डोले चार वर्ष पनि नथेग्ने देखिन्छ। चार वर्षमा एउटा खाल्डो भरिँदा १६ वर्षमै साइटका सबै खाल्डा भरिनेछन् ।



Previous articleकक्षा ११ मा विज्ञान विषय पढ्ने दंगीशरणका ११ जना विद्यार्थीले पाए छात्रबृत्ती
Next articleलौव बरस ओ सांस्कृतिक पर्व ‘माघ’ (मघौटा नाँचसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here