नगर भित्रका भूमिहिनलाई जमिन वितरण गर्न सम्झौतापत्रमा हस्ताक्षर

बाँके, १५ पुस ।


नेपालगन्ज उपमहानगर भित्र रहेका भूमिहिन र सुकम्बासीले जमिन पाउने भएका छन् । भूमि सम्बन्धि समस्या समाधान आयोग र नेपालगन्ज उप–महानगरपालिका बीच भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएपछि सुकम्बासीले जमिन पाउने भएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको उपस्थितिमा उपसचिव गोर्खवहादुर थापा र आयोगका उपसचिव राजेन्द्र अर्याल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले आयोगसँग सम्झौता भएपछि नगरक्षेत्रमा देखिएको भूमि सम्बन्धि समस्या समाधान हुने चरणमा प्रवेश गरेको बताइन् ।
नगरको वडा नं. १९ र २० मा सबैभन्दा बढि भूमि सम्बन्धि समस्या देखिएको उनले बताइन् । पछि गाभिएका साविकका गाविसमा समेत भूमि सम्बन्धि समस्या देखिएको उनले बताइन् ।
आयोगसँग सम्झौता भएपछि लगत सङ्कलनका लागि ईकाई सञ्चालनको तयारी गरिएको उनको भनाई छ । आयोगसँग सम्झौता भएपछि भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्न र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न उनीहरुको पहिचान, लगत संकलन र प्रमाणिकीकरणको काम स्थानीय तहले गर्ने भएका छन् ।

Previous articleप्रचण्डको दिनगन्ती सुरु भयोः नेता बस्नेत
Next articleकक्षा ११ मा विज्ञान विषय पढ्ने दंगीशरणका ११ जना विद्यार्थीले पाए छात्रबृत्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here