कक्षा ११ मा विज्ञान विषय पढ्ने दंगीशरणका ११ जना विद्यार्थीले पाए छात्रबृत्ती

बाँके, १५ पुस ।


दंगीशरण गाउँपालिकाले कक्षा ११ मा अध्ययनरत ११ जनालाई छात्रबृत्ती दिने भएको छ । दंगीशरण गाउँपालिकाका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरि विज्ञापन विषय लिएर सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका ११ जना विद्यार्थीलाई छात्रबृत्ती दिने निर्णय भएको शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताए ।
विज्ञान विषय पढ्ने विद्यार्थीलाई प्रोत्साहन गर्न गाउँपालिकाले चालू आर्थिक बर्षदेखि मासिक एक हजार पाँच सयका दरले छात्रबृत्ती दिने निर्णय गरेको उनले बताए । ‘विज्ञान विषय पढ्न प्रोत्साहन गरि दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाले चालू आवदेखि छात्रबृत्ती दिन थालेको छ,’ उनले भने ।
सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले विज्ञान विषय पढ्न नरुचाउने भएकोले प्रोत्साहन गर्न छात्रबृत्ती दिन थालेको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । उनले हरेक बर्ष बजेट थप्दै जाने र विज्ञान विषय पढ्न विद्यार्थीलाई प्रोत्साहित गरिने स्पष्ट पारे ।
गाउँपालिकाका अनुसार, यस शैक्षिक सत्रमा वीरेन्द्र मावि, हेकुलीबाट एसईई उत्तीर्ण गरेका ९ र सिद्ध पृथ्वी जनता मावि, श्रीगाउँबाट एसईई उत्तीर्ण गरेका दुई जनाले छात्रबृत्ती पाएका छन् । एउटा विद्यार्थीले मासिक एक हजार पाँच सयका दरल बार्षिक १८ हजार रुपैँया पाउने छ,’ शिक्षा शाखा प्रमुख अधिकारीले भने ।

Previous articleनगर भित्रका भूमिहिनलाई जमिन वितरण गर्न सम्झौतापत्रमा हस्ताक्षर
Next articleनेपालगन्जको महत्वाकांक्षी योजनाः सेनेटरी ल्याण्डफिल साइटको प्रशोधन केन्द्र ६ महिनामै बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here