गौघाटमा अन्तर क्लब भलिबल हुने

बाँके, पुस १३


माघी पर्वको अवसरमा खजुरामा अन्तर क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । माघको १ गतेदेखी सुरु हुने प्रतियोगितामा खजुरा क्षेत्रका क्लबको सहभागिता रहने आयोजक योगिनी युवा क्लबले बताएको छ । योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले ग्रामिण क्षेत्रबाट भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागेको बताए । खजुरा गाउँपालिका–२, गौघाटमा विगतमा भलिबलको स्तरीय प्रतियोगिता हुने गरेको थियो । तर पछिल्लो समय यस क्षेत्रमा भलिबलका गतिविधि कम भएका छन् ।
भलिबल खेलमा स्थानीय युवाहरुको आर्कषण देखिएकोले पनि भलिबल प्रतियोगिता गर्न लागेको अध्यक्ष थापाले बताए । उनले भने,‘विगतमा हाम्रो गाउँमा क्षेत्रीय स्तरको प्रतियोगिता भएको इतिहास छ । यहाँबाट राष्ट्रिय स्तरको खेलाडीको उत्पादन भएका थिए । तर विविध कारणले पछिल्लो समय यस क्षेत्रमा स्तरीय प्रतियोगिता हुन सकेको छैन । हाम्रो क्लब युवाहरुलाई सशक्त बनाएर समाजको विकासका लागि काम गरिरहेको क्लबले । यसले खेलकुदका माध्यमबाट युवाहरुलाई सामाजिक भावनाको विकास गराउनमा पनि उत्प्रेरित गर्छ ।’
शनिबार क्लबको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिताको आयोजनाको लागि दिलिप महतारा संयोजक र हरेन्द्र राईलाई सह–सहयोजको जिम्मेवारी दिइएको छ ।
प्रतियोगिताको विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा मेडल ट्रफी प्रदान गर्ने निर्णय भएको अध्यक्ष तरिन्द्र थापाले बताए । योगिनी युवा क्लबले एक वर्ष अघि सहयोगी आवाज(हिभ) नेपालसँग सहकार्य गरेर प्रथम योगिनी कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कोरोनाका कारण दोस्रो संस्करण प्रभावित भएको क्लबले बताएको छ ।

Previous articleदीगो शान्तिका लागि क्रिश्मश र अंग्रेजी नयाँ बर्षको शुभकामना कार्यक्रम आयोजना
Next articleप्रचण्डको दिनगन्ती सुरु भयोः नेता बस्नेत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here