दुई तिहाईको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले गैर कम्युनिष्टलाई फाइदा पुर्याएः नेकपा नेता भट्टराई

बाँके, १२ पुस ।


नेकपा दाहाल–नेपाल समुहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दुई तिहाईको संसद विघटन गरेर गैर कम्युनिष्टलाई साथ दिएको आरोप लगाएका छन् । नेकपा दाहा–नेपाल समुहले नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओली सरकारका पर्यटन मन्त्री समेत भइसकेका भट्टराईले नेकपाको दुई तिहाईको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको धज्जी उडाएको जिकीर गरे ।
एक घण्टा लामो भाषणमा उनले पूरै समय प्रधानमन्त्री ओलीमै खर्चिए । उनले ओलीको कार्यशैली निरकुंश, तानाशाह जस्तै भएको बताए । प्रशिक्षण कार्यक्रममा पूर्व एमालेका नेता, कार्यकर्ता भन्दा पूर्व माओवादीका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।

Previous articleकोरोना संक्रमण मृत्यूदर भन्दा आत्महत्या चार गुना धेरै
Next articleदीगो शान्तिका लागि क्रिश्मश र अंग्रेजी नयाँ बर्षको शुभकामना कार्यक्रम आयोजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here